प्रसौनी उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः साह

संदिप प्रसाद यादव
285 पाठक संख्या

जीतपुर : प्रसौनी उद्योग वाणिज्य संघको सिमरामा सम्पन्न दोस्रो अधिवेशनले पुनः तुलसी साहलाई अध्यक्षमा निर्वाचित गरेको छ। सर्वसम्मत रूपमा सम्पन्न अधिवेशनले साहलाई दोस्रो कार्यकालका लागि नेतृत्वको जिम्मेवारी दिएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमरकान्त झा, महासचिवमा राजेश कुश्वाहा, कोषाध्यक्षमा अमित टिवडेवाल र सचिवमा सौरभ गुप्ता चयन भएका छन्। यसैगरी समितिको सदस्यहरूमा सुरेश कुमार गुप्ता, मनोज कलवार, पिंकि टिवडिवाल, अनुपमा गुप्ता, पुष्पा देवी, कन्हैया लाल साह, रामप्रवेश प्रसाद कुर्मी र केदार गौतम निर्वाचित भएका छन्।

संघका संस्थापक संरक्षक भोला प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने विशिष्ट अतिथिका रूपमा सहभागी थिए। साथै श्रम तथा प्रशासन क्षेत्रका नवलकिशोर यादवको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रम सञ्चालन तत्कालीन महासचिव केदार गौतमले गरेका थिए। अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष साहले व्यवसायीहरूको हकहित संरक्षण, स्थानीय व्यापार प्रवद्र्धन, सीप तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन तथा उद्योगमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

Leave a review

This will close in 0 seconds