रास्वपा उम्मेदवार अरविन्द साहद्वारा बैजनाथपुरमा घरदैलो

संदिप प्रसाद यादव
399 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बैजनाथपुरमा घरदैलो गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले घरदैलो कार्यक्रम गरेका हुन्।

उनले मतदातासँग भेटघाट गर्दै मत अपिल गर्दै स्थानीय तहका साना कामभन्दा संघीय सांसदले गर्न सक्ने नीतिगत र कानुनी पहलका विषयमा केन्द्रित रहेर काम गर्ने जनाएका छन्। “प्रतिनिधिसभा सदस्यको मुख्य काम नीति बनाउने, बजेट ल्याउने र सरकारलाई जवाफदेही बनाउने हो।” उनले भनेका छन्।

क्षेत्रका लागि आवश्यक ठूला पूर्वाधार योजना, सिंचाइ आयोजना, सडक स्तरोन्नति, स्वास्थ्य संस्था र शैक्षिक पूर्वाधारका लागि संघीय बजेट सुनिश्चित गर्न आफू सक्रिय रहने उनले घरदैलोको क्रममा प्रतिबद्धता जनाएका छन्। कृषि क्षेत्रका लागि अनुदान नीति सुधार गर्ने मतदातालाई बताए। मल–बिउ आपूर्ति प्रणाली पारदर्शी बनाउने कानुनी पहल गर्ने समेत बताए।

किसानमैत्री बजार संरचना निर्माणका लागि संसदमा आवाज उठाउने बताएका छन्। उद्योग–व्यवसाय प्रवद्र्धन गरिने जनाए। साना तथा मध्यम उद्यमलाई कर र नीतिगत सहजीकरण गरिने उनले जनाए। युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम संघीय स्तरबाट ल्याउन पहल गर्ने उनको भनाइ छ।

त्यस्तै नागरिकता, राहदानी, सामाजिक सुरक्षा जस्ता विषयमा कानुनी जटिलता हटाउन आवश्यक संशोधन र सरलीकरणका लागि पहल गर्ने उनले बताएका छन्। उनले मतदातासँग आफुलाई भारी मतले विजयी बनाउन अपिल गरेकाछन्।

Leave a review