Sajhedari Daily
Latest News from Nepal

जगदम्बा स्टिल सिल गर्नुपर्ने माग राख्दै स्थानीयहरुले गरे प्रदर्शन

Top Aside Banner

रञ्जन यादब/
जगदम्बा स्टिल सिल गर्नुपर्ने माग राख्दै बारा सिमराका स्थानीयहरुले आज प्रदर्शन गरेका छन् । हिजो जगदम्बा स्टिलका ११ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको र धेरै कामदारमा कोरोनाको लक्षण देखिएको भन्दै उद्योग सिल गर्नुपर्ने स्थानीयहरुले माग गरेका हुन् ।

उद्योग सञ्चालन हुँदा मजदुरहरुको आवतजावत बस्तीमा बढ्न गई कोरोना संक्रमण फैल्ने सम्भावना प्रबल सम्भावना हुने स्थानीयको दाबी छ । उद्योग सिल गरि त्यहाँ स्थित सम्पुर्ण कामदारहरुको पिसिआर पद्धतीबाट कोरोना परिक्षण गराएर र नेपाल सरकारले तोकेको मापदण्ड पुरी गरी मात्र उद्योग सञ्चालन गराउनुपर्ने स्थानीयको तर्क छ ।

सिमराका स्थानीयहले मास्क लगाएर समाजिक दुरी कायम गरी प्रदर्शन गरेका थिए । स्थानीयहरुले हिजै देखि उद्योग सिल गनुपर्ने माग गरे पनि स्थानीय प्रशासन उद्योग सिल गर्नुपर्ने पक्षमा देखिएको छैन् । यसै बिषयमा केन्द्रित भएर सिमरामा प्रमुख जिल्ला अधिकारी ,जनप्रतिनिधि र उद्योग प्रशासनको बैठक बसिरहेको छ ।

बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित ,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक कृष्ण पङगेनी ,जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेल , उपप्रमुख सरस्वती देबी चौधरी ,वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठ ,उद्योगका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।