बारा-३ : रास्वपा उम्मेदवार साह घरदैलोमा ब्यस्त

साझेदारी डेलि
295 पाठक संख्या

कलैया : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका इन्जिनियर अरविन्द साहले बाराको कलैया उपमहानगरपालिका–२० बसतपुरमा घरदैलो सम्पन्न गरेका छन्।

उनी आज टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका हुन् ।

घरदैलो अभियानका क्रममा उम्मेदवार साहले देशमा राजनीतिक स्थिरता, सुशासन र दिगो विकासका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको बताए। उनले पुराना शैलीको राजनीति परिवर्तन गर्न रास्वपाको जित महत्वपूर्ण रहेको उल्लेख गर्दै, आगामी निर्वाचनपछि बन्ने सरकारले जनतामा विकासको अनुभूति गराउने दाबी गरे।

साहले बारा क्षेत्र नं. ३ लाई पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। विशेषगरी युवालाई लक्षित गर्दै, सीप विकास र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना अघि सारेको बताए। मतदातासँग संवाद गर्दै उनले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने दृढता जनाए।

Leave a review

This will close in 0 seconds