बारा-२ मा रास्वपाका चन्दन कुमार सिंह निर्वाचित

संदिप प्रसाद यादव
290 पाठक संख्या

कलैया । बारा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चन्दन कुमार सिंह निर्वाचित भएका छन्।

उनले आफ्ना निकट प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार रामकिशोर यादवलाई पछि पार्दै ३५  हजार ५९० मत प्राप्त गरि निर्वाचित भएका हुन् । जसपाका उम्मेदवार यादवले १४ हजार १९६ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादवले ११ हजार ८३७ र नेपाल कम्युनिष्ट पार्टी ( नेकपा एमाले ) बलबिर चौधरीले ७ हजार २१३ मत प्राप्त गरेको निर्वाचन अधिकृत किरण सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार यस निर्वाचन क्षेत्रमा एक लाख १३ हजार ८३९ मतदाता रहेकामा ७६ हजार ५२४ मत खसेको छ । मतगणनाका क्रममा ३ हजार ७६३ मत बदर रहेको छ ।

Leave a review