ट्रान्सफर्मर जडान गर्ने क्रममा घाइते भएका मजदुरको मृत्यु

साझेदारी डेलि
109 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीस्थित एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर पड्किएर घाइते भएका मजदुरको उपचारका क्रममा मृत्यु भएको छ।

गत वैशाख २२ गते उद्योगमा ट्रान्सफर्मर जडान गर्ने क्रममा भएको विस्फोटमा परी गम्भीर घाइते भएका पर्साको बहुदरमाई नगरपालिका-३ का ४५ वर्षीय चनरदिप यादवको मंगलबार उपचारका क्रममा निधन भएको हो।

यादवको मृत्युको खबर सार्वजनिक भएसँगै आक्रोशित बनेका परिवारजन र स्थानीय बासिन्दाले उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गरेका छन्। छाला उद्योग र कम्पनीको लापरवाहीले घटना भएको स्थानीयको आरोप छ ।

पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ। ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्री अनुसार घटनाको अनुसन्धानका लागि दुई जना लाई नियन्त्रणमा लिइएको छ।

Leave a review

This will close in 0 seconds