अन्तर्राष्ट्रिय बालबालिका फेसन शोमा पाण्डेय भइन् प्रथम

साझेदारी दैनिक
236 पाठक संख्या

कलैया : भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय बालबालिका फेसन शो मा बारा कलैयाकी एक बालिका प्रथम भएकी छन् ।

फेशन सो २०२४ मा बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ८ मा बस्ने ६ वर्षकी सुभानी पाण्डेय प्रथम भएकी हुन्।

२–१५ उमेर समुहको बालबालिका बिच सो प्रतिस्पर्धा भएको हो। यो शोमा प्रथम हुने पाण्डेय डा.शिवेश पाण्डेय तथा डा.बब्ली मिश्राकी छोरी हुन।

नेपाल,भारत र भुटान देशका बालबालिका सो प्रतियोगितामा सहभागि भएका हुन्। २–१५ वर्ष समूहको २१ जना बालबालिका उक्त प्रतियोगितामा सहभागी थिए।

पटनाको सांग्रीला पैलेसमा नुरुलाज एन्ड कम्पनीले सो प्रतियोगिता भएको हो। कार्यक्रमकी प्रमुख अतिथि चर्चित नायिका पुनम ढिल्लो,मिस इन्डिया युनिभर्स रुपल महत र प्रतिभा प्रसादको उपस्थिति रहेको थियो।

Leave a review