बकैया खोलाबाट अवैध उत्खनन् गर्ने दुई ट्याक्टर नियन्त्रणमा

साझेदारी डेलि
117 पाठक संख्या

निजगढ । बाराको निजगढ नगरपालिका क्षेत्रमा पर्ने बकैया खोलाबाट अवैध रूपमा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् भइरहेको अवस्थामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिईएको छ ।

सब डिभिजन वन कार्यालय तामागढीको गस्ती टोलीले बुधबार बिहान करिब ५ः४५ बजे वन क्षेत्रभित्र सञ्चालन भइरहेको अवैध उत्खनन् नियन्त्रण गर्ने क्रममा ती ट्याक्टर पक्राउ गरेको हो ।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झा ले वन क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी भइरहेको सूचनापछि विशेष निगरानी बढाइएको जानकारी दिए । उनका अनुसार सब डिभिजन वन कार्यालय तामागढीका अधिकृत राजकिशोर प्रसाद उपाध्याय को नेतृत्वमा खटिएको टोलीले नेपाल प्रहरीसँगको समन्वयमा कारबाही गरेको हो।

वन कार्यालयले नियन्त्रणमा लिइएका ट्याक्टर र संलग्न व्यक्तिबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ । कार्यालयले वातावरणीय प्रभाव मूल्यांकन तथा स्थानीय तहसँगको सहमतिबिना नदीजन्य पदार्थ उत्खनन् नगर्न सरोकारवालालाई चेतावनीसमेत दिएको छ ।

Leave a review

This will close in 0 seconds