बारा प्रहरीले लागु प्रतिबन्धित लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ वस्तिपुर वस्ने २७ वर्षीय पवन गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनलाई प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका टेढा रोडबाट पक्राउ गरेको हो ।
उनले बोकेको झोलाभित्र रहेको पाँच ÷पाँच किलो गरी १० किलो गाँजाको पोका बरामद गरेको छ ।
उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

