कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कलैया उपमहानगरपालिका–७ को वडा समिति अधिवेशनबाट गणेश यादव सर्वसम्मत रूपमा सभापतिमा चयन भएका छन्।
शुक्रबार कलैया उपमहानगरपालिका–७ को बरेवास्थित छठिया पोखरीको प्राङ्गणमा आयोजित वडा समिति अधिवेशनबाट यादवको नेतृत्वमा नयाँ वडा समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
अधिवेशन प्रमुख संजय साहका अनुसार उपसभापतिमा कुमोद भगत माली र सचिवमा हरिसचन्द्र यादव पनि सर्वसम्मत रूपमा चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा रन्जित कुमार यादव,लालु यादव,दिनानाथ साह कानु,कमरुलहक अंसारी,रेखा साह,तबजुल नेसा,निर्मला देवी राउत,नितु हजरा पनि सर्वसम्मत रूपमा चयन भएका हुन् ।
उक्त अधिवेशनमा रास्वपाका प्रमेश्वर कुशवाहा, जाटा यादवलगायत वडा सदस्यहरूको उपस्थिति रहेको थियो।


