गरिमा चौधरी हत्या विरोधमा चार दिनदेखि बन्द पूर्व–पश्चिम राजमार्ग खुल्यो

साझेदारी डेलि
83 पाठक संख्या

बारा । तीन वर्षीया गरिमा चौधरीको हत्याको विरोधमा चार दिनदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग शनिवार रातिदेखि सञ्चालनमा आएको छ।

जितपुरसिमरा उपमहानगरपालिका–१ की बालिका गरिमाको हत्या घटनामा दोषीलाई कडा कारबाही र न्यायको माग गर्दै स्थानीयवासी तथा पीडित पक्षले सडकमा टेन्ट राखेर राजमार्ग अवरुद्ध गर्दै आएका थिए।

यसैबीच, पीडित बालिकाका आमाबुबालाई गृहमन्त्रीसँग वार्ताका लागि काठमाडौं लगिएको छ। गृह मन्त्रालयमा गृहमन्त्री र पीडित परिवारबीच छलफल भइरहेका बेला प्रहरीले प्रदर्शनकारीलाई मौखिक सहमतिपछि मुख्य सडकबाट हटाएपछि राजमार्ग खुलेको हो।

चार दिनसम्म सडक बन्द हुँदा पूर्व–पश्चिम आवतजावत गर्ने ठूलो संख्यामा सवारीसाधन बीच बाटोमै रोकिएका थिए। राजमार्ग खुलेसँगै लामो समयदेखि रोकिएका मालवाहक ट्रक, ग्यास बुलेट तथा यात्रुवाहक बसहरू गन्तव्यतर्फ जान थालेका छन्।

सडक खुलेपछि यातायात आवागमन सहज बनाउन स्थानीय प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी राजमार्गमा सवारी व्यवस्थापन गरिरहेको छ।

Leave a review