सिसहनिया चौक दुर्गा पूजा समितिको अध्यक्षमा कपिलदेव यादव सर्वसम्मत चयन

संदिप प्रसाद यादव
33 पाठक संख्या

बारा । श्री दुर्गा पूजा सेवा समिति सिसहनिया चौकको १४ औँ कार्यसमितिको अध्यक्षमा कपिलदेव प्रसाद यादव सर्वसम्मत चयन भएका छन्। शनिबार बसेको समितिको बैठकले कलैया उपमहानगरपालिका–३ बैधनाथपुर निवासी यादवलाई अध्यक्षमा चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा सत्यनारायण मण्डल, उपाध्यक्षमा राजिन्द्र केशरी, महासचिवमा मनोज साह तेली, सचिवमा संजय पटेल, कोषाध्यक्षमा अजय ठाकुर, सहायक कोषाध्यक्षमा जय मंगल प्रसाद पटेल तथा उपसचिवमा मुना गुप्ता र रविन्द्र साह चयन भएका छन्। त्यस्तै, वरिष्ठ सल्लाहकारमा मंसी राउत कुर्मी, संजय प्रसाद साह तेली, राज गुप्ता, प्रमोद पटेल, चन्दन पटेल र प्रद्युमन दुबे रहेका छन्।

समिति सदस्यमा अजित केशरी, अजय गुप्ता, रोहन गुप्ता, उज्ज्वल पटेल,चाँद गुप्ता, सुरज गुप्ता, दिपेश केशरी, विशाल गुप्ता, साजन पटेल, सुभाष गुप्ता, भुलन साह, गोबिन्द गुप्ता, प्रमोद गुप्ता, राजन सरार्फ, अशोक यादव र राजु पटेल चयन भएका छन्।

नवनिर्वाचित समितिले आगामी दुर्गा पूजा व्यवस्थित, सभ्य र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्ने जनाएको छ।

Leave a review