बारा । श्रावण महिनाको अन्तिम सोमबारको अवसरमा बाराको सहजनाथ महादेव मन्दिर प्राङ्गणमा काफ्लाहरूका लागि भाँडाकुँडासहित ५५ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको छ।
बाराको कलैया उपमहानगरपालिका–२० का समाजसेवी एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता उमाशंकर साह रौनियार, निवर्तमान जिल्ला सभापति चन्दन कुमार स्वर्णकार, महागढीमाईका निवर्तमान पालिका सभापति विक्रम यादव र समाजसेवी सञ्जय साह तेलीले संयुक्त रूपमा उक्त सहयोग गरेका हुन्।
उनीहरूले काफ्लाहरूलाई पकाएर खुवाउन आवश्यक भाँडाकुँडा, चामल, मरमसला तथा केही नगदसहितको सामग्री १७२ गाउँका हजारी काफ्लाका प्रमुख बैजनाथ चौधरीलाई हस्तान्तरण गरेका हुन्।
उक्त सहयोगबाट सहजनाथ महादेव मन्दिरमा आउने काफ्लाहरूलाई खाना पकाएर खुवाउन सहज हुने रास्वपा बाराका निवर्तमान जिल्ला सभापति चन्दन कुमार स्वर्णकारले जानकारी दिए।


