१८ वर्ष कैद फैसला भएका अंसारी कलैयाबाट पक्राउ

साझेदारी डेलि
179 पाठक संख्या

कलैया । अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई बारा प्रहरीले कलैयाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही टोल बस्ने २३ वर्षीय अफरोज अंसारी रहेका छन्।

परिवर्तित नाम जिल्ला–३३–कलैया–९८ (०७८/०७९) को जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी अंसारी रहेको उक्त मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले २०८२ पुस २४ गते १८ वर्ष कैद, ६ लाख रुपैयाँ जरिवाना तथा अपराध पीडित राहत कोषमा २४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो।

फैसलापछि फरार रहेका अंसारीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बुधबार कलैया उपमहानगरपालिका–६ स्थित कलैया बजारबाट पक्राउ गरेको बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका अंसारीलाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको २०८३ असोज ७ गतेको पत्रआदेशअनुसार कारागार कार्यालय वीरगन्ज पर्सामा पठाइएको छ।

Leave a review