कोल्हबीमा कांग्रेसको नयाँ नेतृत्व सर्वसम्मत चयन, सभापतिमा बिरेन्द्र चौधरी

साझेदारी डेलि
76 पाठक संख्या

कोल्हबी । नेपाली कांग्रेस कोल्हबी नगर कार्यसमितिको तेस्रो अधिवेशनबाट बिरेन्द्र प्रसाद चौधरीको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

अधिवेशनबाट उपसभापतिमा दिपेन्द्र चौधरी र पदमलाल घलाल, सचिवमा राजकुमार चौधरी र लोकबन्धु चौधरी तथा सहसचिवमा प्रणव चौधरी थारु र ललिता राम सर्वसम्मत चयन भएका छन्।

कोल्हबीस्थित बीपी स्मृति भवनमा सम्पन्न अधिवेशनको उद्घाटन नेपाली कांग्रेस बारा जिल्लाका पूर्वसचिव तथा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले गरेका थिए। उद्घाटन सत्रमा नगरका विभिन्न वडाका सभापतिहरूको उपस्थिति रहेको थियो।

नयाँ कार्यसमिति सर्वसम्मत चयन भएपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरूले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नवनिर्वाचित कार्यसमितिले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताबीच एकता कायम गर्ने तथा जनताको हितमा प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

Leave a review