बाराका एसपी कुँवरको सरुवा, थापा आउँदै

साझेदारी डेलि
128 पाठक संख्या

बारा । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको सरुवा भएको छ। उनको स्थानमा नेपाल प्रहरी अस्पताल प्रशासन, महाराजगञ्ज, काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक कुमार विक्रम थापा आउने भएका छन्।

एसपी कुँवरको कर्णाली प्रदेश प्रहरी गण, वीरेन्द्रनगर, सुर्खेतमा सरुवा भएको हो। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले मंसिर ८ गते गरेको निर्णयअनुसार ६० जना प्रहरी उपरीक्षकहरूको सरुवा तथा काज गरिएको हो।

प्रधान कार्यालयको पत्रअनुसार सरुवा भएका प्रहरी उपरीक्षकहरूले मंसिर महिनादेखि नयाँ दरबन्दीबाट तलब, भत्ता लगायतका सुविधा पाउनेछन्।

एसपी कुँवरको सरुवासँगै बाराको प्रहरी नेतृत्वमा नयाँ एसपीका रूपमा कुमार विक्रम थापा आउने भएका छन्।

Leave a review