रौतहट । रौतहटमा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको गहुँको बिउ र ट्याक्टरसहित करिब १६ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको छ।
यमुनामाई गाउँपालिका–४ स्थित बमनहर इलाकामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस फतुवाबाट खटिएको चेकप्वाइन्ट टोलीले शनिबार भारतबाट नेपालतर्फ ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको बिलबिजक नभएको गहुँको बिउ बरामद गरेको हो।
बरामद गहुँको बिउ र ट्याक्टरको अन्दाजी मूल्य करिब १६ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको छ।



