महन्थ ठाकुरको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रीक) दल दर्ता भएपछि बाराको कलैया स्थित मुख्य चौकमा पार्टीका नेता कार्यकर्ताहरुले मैनबत्ती बाली दिपावली गरेका छन ।
पार्टीका नेता श्याम गुप्ताको नेतृत्वमा दिपावली बुधवार साँझ दिपावली गर्दै खुसी साटासाट गरेका छन ।
निर्वाचन आयोगमा दल दर्ता भएपछि खुसीयालीमा मैनबत्ती बालेर दिपावली मनाएको पार्टीका नेता डाक्टर कमरुलाह अंसारीले बताएका छन ।
नवगठित पार्टीले देश र मधेशको बिकाशसंगै समानता र समावेशी अधिकारका निम्ति काम गर्नका लागि अग्रसर हुने अर्का नेता अरुण सिंहले जानकारी दिएका छन ।
दिप प्रज्वलन कार्यक्रममा जसपा नेपाल लोकतान्त्रीकका स्थानीय नेता सन्तोष पटेल, पिन्की यादव, शम्भु गुप्ता, शाशिभुषण केशरी लगायत सहभागि रहेको थियो ।
उपेन्द्र यादवले जसपाको साधारण सदस्यबाट नेता ठाकुर र राजेन्द्र महतोलाई हटाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कुनैपनि पार्टीको केन्द्रीय समिति वा संसदिय दलमा रहेको संख्या मध्ये कुनै एकमा २० प्रतिशत संख्या पु¥याएर दल बिभाजन गर्ने सक्ने अध्यादेश आएपछि ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न बाटो खुलेको हो ।

