जनतालाई शिरमा राखेर काम गर्ने प्रहरीलाई निर्देशन–प्रजिअ कटुवाल

साझेदारी दैनिक
567 पाठक संख्या

सिकेन्द्र पासवान /
६६ औं प्रहरी दिवसको अवसरमा बुधवार बारामा ३१ जना अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान गरेका छन ।
जिल्लाा प्रहरी कार्यालय बारा कलैया परिसरमा आयोजित कार्यक्रममा अमर प्रहरीका तीन जना प्रहरी नायव निरिक्षक, सात जना प्रहरी हवलदार र २१ जना प्रहरी जवानका परिवारहरुलाई बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललेदोसल्ला ओढाई सम्मान गरेका थिए ।

सम्मानित हुनेहरुमा अमर प्रहरी जसले कर्तब्य पालनाको सिलसिलामा आफनो ज्यान उत्सर्ग गरेका परिवारहरु रहेको छन । त्यसैगरि शान्ति,सुरक्षा,कायम गर्ने सन्दर्भमा,समाजिक बिकृति बिसंगति बिरोधमा सहयोग गर्ने लगायतका कामकाजमा प्रहरीलाई सहयोग गर्ने २१ जना ब्यतिmहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख जिल्ला अधिकारी कटुवालले जनतालाई शिरमा राखेर काम गर्ने प्रहरीहरुलाई निर्देशन दिएका थिए । शान्ति सुरक्षा वहाल गर्ने सन्दर्भमा कसैसंग कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता ब्यतm गर्दै प्रजिअ कटुवालले कुनै प्रकारको मनमा भय,डर,त्रास नराखी ढुक्कसंग आफनो दिनचरियामा लाग्न जिल्ला बासीहरुलाई आग्रह गरे ।

अमर प्रहरीहरुले देशका लागि आफनो ज्यान उत्सर्ग गरेका हुदा आज प्रहरीहरुको शिर उच्च भएको बताउदै प्रजिअ कटुवालले शोकलाई शतिmमा बदल्नका लागि परिवारहरुले उच्च मनोवलका साथ अगाडी बढनुपर्ने धारणा ब्यतm गरेका थिए ।
अमर प्रहरीहरुको त्याग, बलिदानीको सरकारले कदर गर्दै परिवारजनमा जागिर, बालबच्चाहरुको पढाईमा पनि सहयोग गरिरहेको हुदा बिचलित नहुने सुझाव समेत दिएका थिए ।

सोही अवसरमा बोल्दै प्रजिअ कटुवालले चोरी,तस्करी,बलात्कार,बिभिन्न प्रकारका हिंसा,लागु औषध नियन्त्रण,रक्सी भठी नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन लागि परेको जानकारी दिए । जिल्लामा सुशासन कायम गर्दे भष्टाचारलाई न्यूकरणका लागि पनि आफुहरु लागि पर्ने प्रजिअ कटुवालले बताए ।

प्रहरी संगंठनमा उत्कृष्ट रुपमा काम गर्ने प्रहरी निरिक्षक,प्रहरी नायव निरिक्षक,प्रहरी सहायक निरिक्षक, प्रहरी हवल्लदार,जवानलाई प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले पुरस्कृत समेत गरेका प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिएका छन ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु,कार्यालय प्रमुखहरु, राजनीतिक दल,सामाजिक अगुवा,नागरिक समाज,पत्रकार तथा संचारकर्मी, निजी बिद्यालय,उधोगी,ब्यापारीहरुलाई सम्मान गर्दैै मायाको चिनो प्रदान गरिएको थियो ।

प्रहरी उपरिक्षक दिपेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पुर्व प्रहरी संगठन बाराका अध्यक्ष यज्ञनन्द द्धुवेदी, एकीकृत महिला संजाल बाराकी अध्यक्ष बबिता जसवाल,सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव जंगबहादुर यादव, बारा उधोगा बाणिज्य संघका अध्यक्ष राजकुमार साह,पत्रकार महासंघका अध्यक्ष रेशम तिबारी, नेपाली कांग्रेसका महासमिति सदस्य लुकेश सिंह,नेकपा माओवादीका यूवा नेता मुकेश साह,नेकपा समाजवादी पार्टीका जिल्ला सचिव बिक्रम ठाकुर, जसपाका अध्यक्ष अजय पटेल,राप्रपाका भरत बहादुर मल्ल लगायतकाले शुभकामना ब्यतm गरेका थिए ।

यस्तै ६६ औं प्रहरी दिवस कै अवसरमा कलैयाको भरत चोकमा बुधवार नै रतmदान कार्यक्रमको आयोजना सम्ोत गरिएको प्रहरी निरिक्षक प्रेमलाल ओलीले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds