सेनालाई ठेक्कापट्टादेखि औषधि उपकरण खरिद प्रक्रियामा सामेल गराउनु कति न्यायोचित हो ? : सांसद चाैधरी

साझेदारी दैनिक
साझेदारी दैनिक 386 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं,
नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले नेपाली सेनाको पछिल्लो चरित्र हेर्दा सेनालाई व्यापारिक बनाउन खोजिएको आसंका उत्पन्न भएको बताउनु भएको छ ।

आईतबार प्रतिनिधि सभा बैठकको विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद चौधरीले सुदृढ संगठन मार्फत देशको राष्ट्रिय सुरक्षा,सीमा सुरक्षा,सार्वभौमिकता,नागरिकको सुरक्षाको मूल जिम्मेवारी वहन गर्नुपर्ने सेनालाई ठेक्कापट्टा कामदेखि लिएर औषधि उपकरण खरिद प्रक्रियामा समेत सामेल गराउनु कति न्यायोचित हो ? भन्दै प्रश्न गर्नुभयो ।

‘जग्गाको कारोवार देखि लिएर तेलको व्यापार सम्म मेडिकल कलेज देखि लिएर नर्शीङ कलेज सम्म सुपरमार्केट देखि होल्डीङ सेन्टर बनाउन समेत लगाईएको सेनाको जिम्मेवारी हामीले कल्पना गरेको यहि हो ? गम्भीर प्रश्न खडा भएकोछ ।

’ सांसद चौधरीले भन्नुभयो – ‘सेनामा मधेशी आदिवासी लगायत सबै जातजाति र वर्गको अपनत्व गर्न समावेशी सेनाको संगठन निर्माण गर्नकालागी सरकारले व्यावहारिक रुपमै ध्यान पुर्याओस ।’ देशभर कारागारको अवस्था जिर्ण रहेको र सजाय भुक्तान गरिरहेका व्यक्तिहरु बस्न लायक नभएको कुरा पटक पटक संसदीय समिति र मानव अधिकार आयोगले सरकारको ध्यानाकार्षण गराईसकेको भएपनि सरकारको ध्यान त्यसतर्फ केन्द्रित नभएको चौधरीले बताऊभयो ।

बजेटमा कारागारको भौतिक पूर्वाधार निर्माण र सुधार कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरिएको भएपनि ठोस कार्य योजना नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । ‘नेपाल प्रहरीको क्षमता,दक्षता अभिवृद्धि गरि अपराध मुक्त समाज बनाउनु राज्यको दायित्व हो ।

तर प्रहरीको अपराध अनुसन्धानमा राज्य संरक्षित र राजनीतिक हस्तक्षेप हुने गरेका नजिरहरु प्रशस्तै छन् ।’ सांसद चौधरीले भन्नुभयो – ‘निर्मला हत्या प्रकरण होस् या हत्या,हिंशा,बलात्कार लगायत अन्य थुप्रै अपराधिक घटनामा प्रहरीले व्यवसायिक छवी प्रदर्शन गर्न सकेकोछैन ।’

नेपाल प्रहरीलाई राजनीतिक र राज्यबाट हुने हस्तक्षेपबाट मुक्त गराउनकालागि सरकारले ध्यान दिनुपर्ने सांसद चौधरीको जोड दिनुभयो । बारा जिल्लाको बकैया नदि,पसाहा,शक्ति खोला,खहरे खोला,लाल,धन्सार खोला,जमुनी,तिहर लगायत थुप्रै नदीहरुको कटानले वर्षेनी संयौ बिगाह जग्गाको बालीनाली नोक्सान हुने गरेकोले ति नदीहरु नियन्त्रण गर्नकालागी अविलम्व तटबन्ध निर्माणको व्यवस्था गर्न सरकार समक्ष सांसद चौधरीले माग गर्नुभयो।

किसानहरुकोलागी सिंचाई अति आवश्यक भएकोले अहिलेको अवस्थामा पंहुचको आधारमा मात्रै नभई आवश्यकताको आधारमा सिंचाईको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। ‘हाल नेपालले १ सय ८६ राष्ट्रहरुसंग कुटनीतिक सम्बन्ध कायम गरेकोछ,नेपालले दौत्य सम्बन्ध कायम गरेका छिमेकी मुलुक देखि लियर अन्य राष्ट्रसंग समान व्यवहार गर्न नसकेको देखिएको हुँदा सन्तुलित र समानता परराष्ट्र नीति अवलम्ब गर्न जरुरि छ ।’ चौधरीले भन्नुभयो –‘प्रधानमन्त्री कार्यालय मातहत ल्याईएका राष्ट्रिय अनुसन्धान बिभागको क्षमता विकास गरि प्रतिनिधि प्रविधिमैत्री बनाउने प्रतिबद्धता राज्यको देखिन्छ,तर बिभागको प्रभावकारिता माथि प्रश्न उठाउने प्रसस्त ठाउ छ ।’

सामुदायिक विधालय निजीकरण गर्न निजि विधालयलाई दिने काम बन्द गर्न सांसद चौधरीले माग गर्नुभयो ।

समाचार शेयर गर्नुहोस
Leave a review