बाराको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३(क) मा स्वतन्त्र उम्मेदवार बनेका धु्रब यादव मतदाताको मन जित्न घरदैलो अभियानमा छन ।
लामो समयदेखी विद्यार्थी राजनीतिको विभिन्न दलमा आवद्ध हुदै राजनीतिक तथा सामाजिक सेवा सर्मपित भएको यादव यही मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभा तर्फ स्वतन्त्र उम्मेदवार बनेका हुन ।
तत्कालीन विद्यार्थी आन्दोलन देखि प्रजातान्त्रिक आन्दोलन समेतमा अग्रगामी भूमिका खेल्दै आएका यादव आफु विद्यार्थी, तरुण, युवा तथा अग्रजहरुको सुख, दुख र समस्यामा अहोरात्र खटेकाले मतदाताले मतदिने विस्वासमा छन । बारा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा विभिन्न दलका उम्मेदवार र गठबन्धनको बिरुद्ध आप्नो उम्मेदवारी रहेको उनको भनाई छ ।
उनले यो क्षेत्रका समस्यालाई आफुले नजिकबाट नियालेकोले यस क्षेत्रका अन्य उम्मेदवारहरु भन्दा आफु सक्षम र र्निविकल्पको रुपमा रहेको यादवको भनाई छ । यादवले निर्वाचन आयोगबाट बिजुलीको बल्ब चुनाव चिन्ह पाएका छन । उनी यति खेर विजुलीको बल्बमा एक मत भन्दै मतदाताको घरघरमा पुगिरहेको बताउछन ।
निर्वाचन क्षेत्र नम्बर ३ (क) अन्तरगत जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १८, कलैया उपहानगरपालिकाको वडा नम्बर २४ अन्तरगतको विभिन्न टोलहरुमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गरिसकेको स्वतन्त्र उम्मेदवार यादवले साझेदारीलाई बताएका छन ।

