कलैया : राष्ट्रिय शक्ति नेपाल तथा नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले वर्तमान संविधान खारेजीको माँग गर्दै बिहीबार बाराको सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले कालो झण्डा सहित राष्ट्रिय शक्ति नेपालका बारा जिल्ला अध्यक्ष सुरेश कुशवाहाको सयोकत्वमा विरोध र्याली निस्केको हो। र्यालीले प्रदर्शनको क्रममा राजा आउ देश बचाउ,हाम्रो राजा प्राण भन्दा प्यारो छ,२०७२ को संविधान खारेज गर,जस्ता चर्काे नारा लगाउँदै नगर परिक्रमा गरेका थिए ।
नगर परिक्रमा पछि भरतचोकमा आएर सो विरोध प्रदर्शन कोणसभामा परिणत भएको हो।
वर्तमान संविधानले देशमा भ्रष्टाचार,लुटतन्त्र ल्याएको वक्ताहरुले आरोप लगाए। उनीहरुले वर्तमान संविधानले जनताहरु आहत भएको जनाए,उनीहरुले दुःख पाएकोले यो संविधानको औचित्य नै समाप्त भएको जनाएका हुन् ।
वर्तमान संविधानले जनताको हकअधिकार कुण्ठित गरेको राष्ट्रिय शक्ति नेपाल बाराका अध्यक्ष सुरेशप्रसाद कुशवाहाले आरोप लगाए । देशमा अहिले पनि शान्ति स्थापना हुन सकेको छैन उनको कथन थियो। उनले हत्या हिंसा बलात्कार भ्रष्टाचार बढदै गएको जनाए।
आम जनताहरु गरीबीको रेखामुनि बाँच्नु परेको अवस्था रहेको जनाए। नेताहरु मोटाउँदै गएका छन् भने जनताहरु दुब्लाउँदै गएका छन् । नेताहरु देशको ढुकुटी रित्याउनमा व्यस्त छन् । जनताहरु त्राहीमाम छन् ।
जनताको पिडा बुझने कोही छैन । त्यसैले अब पनि राजा नआए देशै डुब्ने प्रबल सम्भावना रहेको उनले बताए ।
देश र जनताको हितको लागि राजा आउँनैपर्छ,उनले भने। राजाको शासन सत्ताको समयमा देशमा विकास थियो,शान्ति सुव्यवस्था थियो। सबै जनताहरु खुशी थिए। देशलाई पराश्रित हुनु परेको थिएन,उनले भने। अहिलेको अवस्थामा देश विदेशीहरुको हातको कठपुतली बनेको आरोप उनको थियो।
विरोध र्यालीमा राष्ट्रिय शक्ति पार्टीका केन्द्रीय सदस्य सिकेन्दरप्रसाद सर्राफ,प्रदीप प्रसाद,नागा बाबा फरसावाला,रामधारी पटेल,असर्फी साह,राम अयोध्या प्रसाद साह कानु,साहेब राउत कुर्मी,देवराज राउत,लक्ष्मी साह,बनारसी महतो,धर्मेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।
यसै गरि भलुहीमा विरोध र्यालीको आयोजना गरिएको कुशवाहाले जानकारी दिए ।


