विभिन्न माग राख्दै कलैयामा यूवाहरुले गरे प्रदर्शन

साझेदारी दैनिक
साझेदारी दैनिक 397 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह ,/
बाराको सदरमुकाम कलैयामा शनिबार बिहान युवाहरूले प्रदर्शन गरेका छन् । विभिन्न पेशामा आबद्ध कलैयाका स्वतन्त्र युवाहरूको सक्रियतामा सरकार विरूद्ध प्रदर्शन गरिएको हो ।

कोरोनाभाईरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा युवाहरु सडकमा आएका हुन ।

कलैयाको मुख्य बिन्दु घण्टाघर चोकमा भेला भएका युवाहरूले ‘जोकरलाई भोट दिएपछि देशमा कमेडी त हुन्छ’, ‘हन्ड्रेड पर्सेन्ट पिसीआर, टिकटाक होइन युवा देश बनाउ’, ‘कालापनी, लिपुलेक हाम्रो हो’, ‘मिनिङलेस लकडाउन इज नट आन्सर’, ‘सरकार खै? १० अर्बको हिसाब खै?, ‘कर केका लागि?’, ‘ब्याक अफ इण्डिया’ लगायतका नारा लेखिएका प्लेकार्ड लिएर युवा प्रदर्शनमा सहभागी भएका थिए ।

सरकारले कोभिड–१९ महामारीविरुद्ध १० अर्ब खर्च भएको बताएको छ। तर, क्वारेन्टाइन व्यवस्थित हुन सकेको छैन। परीक्षणको दायरा कम छ । क्वारेन्टाइनमै मृत्यु हुनेको संख्या बढ्दो छ

सरकारले लकडाउन गरेको ८० औं दिनसम्मको लकडाउनले निम्न मध्यम र मध्यमवर्गको आयस्रोत ठप्प भएको छ। यी सबै आक्रोसमा युवाहरुले प्रदर्शनमा पोखेका हुन ।

लकडाउन हुँदा पनि तीब्र रुपमा कोरोना भाइरस परीक्षण गर्न नसकेको, लकडाउनका कारण मर्कामा परेका उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा कर तिर्न उर्दी जारी गरेको, राहत वितरणमा अनियमितता गरेको, पिसीआर टेष्टको दायरा बढाउन तीनै तहको सरकार उदासिन छ । तीनै तहको सरकारलाइ झक्झकाउनका निमित्त हामी प्रदर्शनमा उत्रिएका हौँ” प्रदर्शनमा सहभागी एक युवाले बताएका छन।

युवाहरुले सामाजिक दुरीका साथ गरिएको विरोध प्रदर्शनको अन्त्यमा राष्ट्रिय गान बजाइएको थियो । सरकारको ढिलासुस्ती र लापरवाही विरूद्ध भएको विरोध प्रदर्शन शान्तिपुर्ण रूपमा सम्पन्न भएको छ ।

सरकारले गरिरहेको आरडीटी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन कलैयाका युवाहरु सडकमा उत्रिएका जनाएका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review