भरुवा बन्दुक पड्किर बारामा एक युवकको मृत्यु

साझेदारी दैनिक
817 पाठक संख्या

भरुवा बन्दुक पड्किर बारामा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधवार राती साढे ११ बजेको समयमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ डकाहा टोल बस्ने बर्ष २८ को सागर सिंजाली मगरको मृत्यू भएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए ।

दुधौरा खोलामा माछा मारी फर्कने क्रममा.खोलाको सिरु घारीमा सिकारीले जंगली जनवारको सिकारको लागी थापेको भरुवा बन्दुकको धरापमा पर्न जादा उक्त भरुवा बन्दुक पड्कि सागर सिंजाली मगरलाई लागी घाईते भई उपचारको लागी बयोधा अस्पताल बिरगंज लगिएकोमा उपचारको क्रममामा मृत्यु भएको प्रवतmा थापाले भने । उक्त स्थान बाट १ थान भरुवा बन्दुक बरामद भएपनि बन्दुक कसको हो भन्ने नखुलेको हुदा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds