चारवटै निर्वाचन क्षेत्रमा कब्रस्थान(दाह संस्कार) गने स्थान छनौट

साझेदारी दैनिक
साझेदारी दैनिक 562 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा कब्रस्थान(दाह संस्कार) गर्ने स्थान छनौट भएको छन ।
मुस्लिम आयोग नेपालको बारा अनुगमन समितिले अनुगमन गरि उक्त ठाउहरुको स्थान छनोट गरेको हो । मुस्लिम समुदायमा कसैको कोरोना भाइरसबाट मृत्यु भएको अवस्थामा दाहसंस्कारको लागि कब्रस्थान छनौट गरेको छ ।

अनुगमन समितिले कोरोनाबाट मृत्यु भएको अवस्थामा अन्तिम संस्कारको लागि क्षेत्र नम्बर १ को सिम्रौनगढ नगरपालिका पर्साटोल, क्षेत्र नम्बर २ को महागढिमाई नगरपालिकाको बेतौना, क्षेत्र नम्बर ३ को कलैया उपमहानगरापलिका स्थित बरेवा र क्षेत्र नम्बर ४ को जीतपुरसिमरा उपमहानगरपालिकाको हरपुरमा रहेको कब्रस्थान छनौट गरेको समितिका संयोजक राज महम्मद रायले जानकारी दिएका छन ।

कब्रस्थान छनौटको लागि आवश्यक सल्लाह लिन आयोगले जेष्ठ २६ गते कलैयामा मुस्लिम अगुवाहरुको सर्वपक्षीय भेलासमेत आयोजना गरेको थियो । कब्रस्थान छनोट गरिएको बिषयमा जिल्ला प्रशासन कार्यालय बारालाई समेत औपचारिक रुपमा जानकारी गराईएको संयोजक रायले जानकारी गराएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review