बीरगञ्ज महानगरपालिको आ.ब.०७७/७८को बजेट ३ अर्ब ८६ करोड

साझेदारी दैनिक
साझेदारी दैनिक 373 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

राम मण्डल /
प्रदेश नम्बर दुई को एकमात्र महानगर बीरगञ्ज महानगरपालिकाको अगामी आर्थिक बगर्ष २०७७/७८ मा ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार बरावरको बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाको बीरगञ्ज बुधबार सम्पन्न सातौ नगर सभामा उपप्रमुख शान्ति कार्कीले अगामी अािर्थक बर्षको निती कार्यक्रम तथा बजेट सार्वजनिक गदै उक्त विनियोजित बजेट प्रस्तुत गरेकी हुन ।

महानगरपालिकाले अगामी अािर्थक बर्षको लागि सार्बजनिक गरिएको बजेटमा बजेटमा चालुतर्फ रु १ अर्ब ६२ करोड ६९ लाख १८ हजाार अर्थात कुल बजेटको ४२.०९ प्रतिशत,पुँजीगत तर्फ रु २ अर्ब १७ करोड ४६ अर्थात ५६.२६ प्रतिशत र बितिय ब्यावस्थातर्फ रु ६ करोड ३६ लाख अर्थात ११.६५ प्रतिशत बिनियोजन गरिएको छ ।

कुल खर्च मध्ये अािर्थक बिकास क्षेत्रमा २५ करोड ९५ लाख २५ हजार अर्थात ६.७१ प्रतिशत, समाजिक विकाश क्षेत्रमा ८७ करोड ७७ लाख ३६ हजार अर्थात २२.७१ प्रतिशत खर्चको अनुमान गरिएको छ ।

अगामी अािर्थक बर्षको लागि महानगरमा पुर्बाधार बिकास क्षेत्रमा १ अर्ब ७७ करोड ६ लाख १२ हजार अर्थात ४५.८१ प्रतिशत, सुशासन तथा अन्तर समबन्ध क्षेत्र (बन, बाताबरण तथा बिपद समेत) तर्फ २३ करोड ७५ लाख १६ हजार अर्थात ६.१५ प्रतिशत र कार्यालय सञ्चालनतर्फ ७१ करोड ९८ लाख १ हजार अर्थात १८.६२ प्रतिशत खर्च अनुमान गरिएको प्रस्तुत बजेटमा उल्लेख छ ।

यस्तै महानगरले सार्बजनिक गरेको बजेट अनुसार अगामी अािर्थक बर्षमा खर्च बेहोर्ने स्रोत मध्ये सँघीय सरकारको बितिय समानिकरणबाट ४२ करोड ८८ लाख, राजश्व बाँडफाडबाट २१ करोड १२ लाख ,सशर्त अनुदानबाट ७५ करोड १६ लाख प्राप्त हुने जनाइएको छ ।

यसैगरी प्रदेश सरकारबाट बितिय समानिकरणबाट रु १ करोड १६ लाख २० हजार,सशर्त अनुदानतर्फ ३ करोड, राजश्व बाँडफाडतर्फ सवारी साधन रु ३ करोड १४ लाख ४ हजार, घर जग्गा रजिष्ट्रेसनतर्फ १५ करोड नगर बिकास अनुदानतर्फ १ अर्ब ३ करोड ५६ लाख ५१ हजार प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।

बीरगञ्ज्को टाउन हलमा आयोजित सातौ नगरसभाको अध्यक्षता महानगरका प्रमुख बिजय सरावगीले गरेका थिए । नगर सभाको उदघाटन प्रदेश २ का भौतिक पुर्बाधार बिकाश मन्त्री जितेन्द्र सोनलले गरेका थिए ।

समाचार शेयर गर्नुहोस
Leave a review