Sajhedari Daily
Latest News from Nepal

विश्रामपुर गाउँपालिकाको निती तथा कार्यक्रम सार्वजनिक

Top Aside Banner

बाराको विश्रामपुर गाउँपालिकाले बुधवार आयोजित गाउँसभामा निती तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभाको गाउँपालिका अध्यक्ष अमिरीलाल पाल र उपप्रमुख सुमित्रा देवीले संयुक्त रुपमा पानसमा दियो बालेर उदघाटन गरेका थिए ।

गाउँपालिकाको आथामि आर्थिक बर्ष २०७७/७८ को निती तथा कार्यक्रममा गाउँपालिका क्षेत्रमा योजना तथा कार्यक्रम संचालनमा महिला, बालबालिका, आदिबासी, जनजाती आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्ग तथा क्षेत्र जेष्ठ नागरिक, दलित, मधेशी, मुस्लिम तथा पिछडा वर्ग लैङ्गिक अल्पसंख्यक आदिको विकास र उत्थानका निम्ति बिशेष कार्यक्रम ल्याईने जनाईएको छ ।

यसैगरी गाउँपालिकाले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक आर्थिक तथा भौतिक पुर्वाधारको विकास तथा निर्माण, कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट गाउँबासीलाई सुरक्षित राख्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएको कदमबाट गाउँको कृषि उघोग निर्माण लगायतका अर्थतन्त्रमा पर्न गएको असरहरुको पुनरुत्थान गर्ने, गाउँबासीका लागि काम र रोजगारीको अवसरमा बृद्धि गर्ने लगायत गाउँपालिकाको निती तथा योजनामा समावेश गरिएको छ ।

यसैगरी कृषि उत्पादनलाई चाहिने मल, विउ, विषाधी उपकरण लगायत अन्य आवश्यक सेवाहरु सहज रुपमा उपलब्ध गराउन स्थायिन तहमा कृषि डिपो स्थापना गरि सहुलियत दरमा मल खाद वितरणको निति तथा कार्यक्रममा समावेस गरिएको छ ।
गाउँपालिका प्रमुख पालको अध्यक्षतामा गाउँसभामा गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, संचारकर्मी, लगायतको सहभागिता रहेको थियो ।