Sajhedari Daily
Latest News from Nepal

बाटोमा धान रोपेर स्थानीयले गरे विरोध

Top Aside Banner

रबिन्द्र प्रसाद साह /
कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित कलैया–नितनपुर सडकखण्ड हिलाम्य भएर आवतजावतमा समस्या भएपछि विरोध स्वरूप स्थानीयले सडकमै धान रोपाइँ गरेका छन् ।

भवानीपुरस्थित आयुर्वेद अस्पताल नजिकैको हिलाम्य सडकमा शुक्रवार स्थानीयहरूले धान रोपाई गरेर विरोध जनाएका छन । सडक हिलाम्य भएर आवगमनमा सास्ती हुँदा समेत जनप्रतिनिधि र ठेकदारले बाटो मर्मतमा ध्यान नदिएपछि सांकेतिक विरोध स्वरूप हिलाम्य सडकमै धान रोपाइँ गरेको स्थानीयले बताएका छन।

हिलाम्य भएर हिँडडुल गर्न र सवारी आवतजावतमा समस्या हुँदा समेत सरोकारवाला निकायले मर्मतमा चासो नदिदा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सडकमै धान रोपेर विरोध जनाएको एक स्थानीयले साझेदारीलाई बताएका छन ।
स्थानीयका अनुसार बाटोमा मर्मतको नाममा माटो मात्रै हालेर छोडेको तर ग्राभेल नगरिएकोले थप समस्या भोग्नु परेको बताउछन । सामान्य वर्षा हुनेबितिकै बाटो हिलाम्य भएर मान्छे हिँड्न समेत नसक्ने अवस्था रहेको स्थानीयहरुले गुनासो गरेका छन ।

गाउँमा कोही बिरामी परेमा एम्बुलेन्स समेत आउजाउ गर्न सक्ने अवस्था छैन, सडक बनाउने जिम्मा लिएको ठेकदार कम्पनी कता छ अत्तोपत्तो छैन, जनप्रतिनिधिलाई कुनै वास्तै छैन,? त्यसैले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन बाटोमै धान रोपेको अर्का एक स्थानीयले साझेदारीलाई बताए ।