खमवा–मधुवन सडक खण्डको निर्माणाधिन पसाहा पुल बाढीले बगायो

साझेदारी दैनिक
347 पाठक संख्या

कलैया : बाढीले ढलान गर्न ठिक्क पारेको पुल बारामा बगाएको छ। बाराको कलैया उपमहानगरपालिका १५ स्थित खमवा–मधुवन खण्डमा निर्माणाधिन पुल बगाएको हो। पसाहा नदीमा आएको बाढीले बगाएको छ।

दशैं अघि ढलान गरिसक्ने लक्ष्य सहित सो पुलको निर्माण तीव्र पारिएको हो। यस्को सम्पूर्ण काम सकेर ढलानको अन्तिम तयारी भइरहेका बेला असोज १२ गते पसाहा नदीमा आएको बाढीले पुल बगाएको स्थानीय राधेश्याम सहनीले साझेदारी दैनिकलाई जानकारी दिए ।

सडक विभागको झण्डै २६ करोडको लागतमा एक सय पाँच मिटर लामो निर्माणाधीन उक्त पुल मेरिना कन्ट्रक्सन/नेशनल इन्स्ट्रक्टर जेभीले ठेक्का लिएको हो।

पुल निर्माण गरिरहेको मेरिना/नेशनल जेभीका बालगोपाल कँडेलका अनुसार ढलान गर्न ठिक्क पारेको पुल बगाउँदा एक करोड भन्दा बढीको क्षति भएको छ।

कलैया उपमहानगरपालिका १५ का वडाध्यक्ष भोरिक यादबले निर्माणाधीन पुल भत्कँदा ठेकेदार कम्पनीले ठुलो नोक्सानी बेहोरेको जनाए। उनले स्थानीयबासीको समेत पुलबाट हिंड्न पाउने समय पछि सरेकोमा दुःखेसो व्यक्त गरे।

कलैया उपमहानगरपालिका र करैयामाई गाउँपालिकाको मधुवन सहजौली जोड्ने उक्त पुल भत्कँदा निर्माण कार्य फेरी लम्बिने भएको भन्दै स्थानीयबासीहरुले दुःख व्यक्त गरेका छन् ।

Leave a review

This will close in 0 seconds