बित्तिय सुशासन जोखिम मुल्याङ्कन सम्बन्धि अन्त्रक्रिया र अभिमुखिकरण कार्यक्रम

साझेदारी दैनिक
523 पाठक संख्या

रञ्जन यादव/
स्थानीय तहको बित्तिय सुशासन जोखिम मुल्याङ्कन सम्बन्धि अन्त्रक्रिया र अभिमुखिकरण कार्यक्रम बाराको कलैयामा शुक्रवार सम्पन्न भएको छ ।

मधेश प्रदेश सरकार प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको आयोजना र जिल्ला समन्वय समिती बाराको सहकार्यमा भएको कार्यक्रममा बाराका १६ वटा स्थानीय तहका कर्मचारी र जन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तीन दिनसम्म चलेको कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकृत आमोद चौधरी ,सार्बजनिक बिपत्त ब्यवस्थापन बिज्ञ देवराज राई र स्थानीय शासन बिज्ञ अर्जुन कुश्वाहाले प्रशिक्षण दिनुभएको थियो ।
बित्तिय सुशासन जोखिम मुल्याङ्कन सम्बन्धि कार्यबधि २०७७ कार्यान्वयनको चरणमा रहेकाले प्रत्येक आर्थिक बर्षको गतिबिधिको जोखिम मुल्याङ्कन गर्नमा सहयोगी साबित होस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको स्थानीय शासन बिज्ञ अर्जुन कुश्वाहाले जानकारी दिनुभयो ।

कार्यक्रममा दुई दिन प्रत्येक स्थानीय तहका योजना शाखा ,आर्थिक शाखा ,सुचना प्रबिधि अधिकृत र यसका फोकल पर्सनलाई प्रशिक्षण दिएको थियो । कार्यक्रमको अन्तिम दिन सिकेका कुराहरु कर्मचारीहरु ब्यहारमा लागु गरे कि गरेनन् भन्नेर हेर्न र निर्देशन दिन पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग अन्तरक्रिया गरिएको स्थानीय शासन बिज्ञ कुश्वाहाले बताएका छन ।

Leave a review