रञ्जन यादब/
जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा अस्पताल बनाउँन माग गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको बिभिन्न ठाउँमा अस्पताल बनाउँने कुरा भईरहदा जीतपुरमा अस्पताल बनाउँनुपर्ने माग आएको हो ।
जीतपुर उपमहानगरपालिकाको सदरमुकाम र बढ्दो जनघनत्वको ठाउँ भएकाले सुबिधा सम्पन्न अस्पताल निर्माण गर्नुपर्ने जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले माग गर्नुभयो ।
जीतपुरमा पहिला देखि नै अस्पताल बनाउँनुपर्ने गृहकार्य भईरहेको र ठाउँ पनि हेरिसकिएका कारण जीतपुरमा अस्पताल बनाउँनुपर्ने धारणा राख्नुभयो ।जीतपुर बजारमा भएको छलफलमा जीतपुरका अगुवाहरुले उपमहानगरको सदरमुकाममा एउटा अस्पताल नहुनु दुखको कुरा भएको बताएका थिए ।
छलफलमा समाजसेवी कृष्णब्रत सिँह ,घनश्याम गिरी ,शिवजी साह ,तसौवर हुसेन लगायत स्थानीय भद्रभलादमीको उपस्थित रहेको थियो ।

