Sajhedari Daily
Latest News from Nepal

५८औँ इन्जिनियर्स दिवसको अवसर पारेर जिल्ला समिति गठन

Top Aside Banner

रबिन्द्र प्रसाद साह /
५८ औँ इन्जिनियर्स दिवसको अवसरमा शनिवार कलैयामा शुभकामना आदान प्रदानको कार्यक्रम तथा जिल्ला स्तरीय समिति गठन गरिएको छ।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल बाराको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा दिवसकै अवसरमा शुभकामना सहित जिल्ला कार्यसमिति गठन गरिएको हो ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादवको प्रमुख आतिथ्यता तथा मधेश डेमोक्रेटिक इन्जिनियर्स प्रदेश नम्बर २ का उपाध्यक्ष लक्ष्मण प्रसादको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रमले ९ सदस्यीय जिल्ला स्तरिय कार्य समितिको गठन गरिएको छ । समितिको अध्यक्षमा अशोक कुशवाहा, सचिव रवि कुमार साह, कोषाध्यक्षमा रोहित कुमार साह, चयन भएका छन । त्यस्तै समितिको कार्यसमिति सदस्यहरुमा सतीस यादव, सुनिल कुमार, राजेश प्रसाद गोस्वामी, समसुदिन अन्सारी, रमेश कुमार मण्डल, कृष्ण सर्राफ चनय भएका छन ।

निर्वाचित सवै सदस्यहरुलाई नगरप्रमुख राजेशराय यादवले दोसल्ला ओढाएर अविर टिका लगाई पदभार ग्रहण गराएका थिए।

सो अवसरमा बोल्दै नगरप्रमुख यादवले निर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै इन्जिनियर्स क्षेत्रमा समितिले अहम भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छ ।कार्यक्रममा संचालन सृजा थापाले गरेकी थिईन ।