-डा.संजय गिरी/
शिव देवको देव महादेवको पावन महिना श्रावणमा अहिले रामको राष्ट्रियता र जातियता बारे हलचल, छलफल र राजनितिक वहसले नेपालको राजनितिमा राष्ट्रियताको नयाँ तरङ्ग ल्याएको छ भने अर्कोतर्फ सर्वसधारण जनता, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी गरीब, महिला र बालबालिकाहरु कोभीड–१९ को कारण सकसपुर्ण जिवन यापन विताईरहदा अर्को आपतविप्पत वाढीपहिरोको सामाना गर्नु परेको छ, विडम्वना हे शिव ।। मैले यहाँ हे शिव भनिरहदा एउटा मेरो विदेशी साथीले मेरो उपोरोक्त पोष्टमा ओह, माई गाँड भनेर दुःख र सहानुभुति पोखिन ।
विडम्वना, हे शिव, ओह माई गाँड हाम्रा आदरणीय नेताजीहरुले आफ्नो भष्ट्राचारलाई लुकाउने वहानामा आज राम, कृष्णा बुद्ध शिवको राष्ट्रियता र जातियाता माथि नयाँ नयाँ राजनितिक मनोगत तथा कथित दर्शन दिदै छन । विडम्बना नेपालमा तथा कथित बैज्ञानिक विकास र कमिसन मुखी रोड र रिर्सोट निर्माणको कारण आएको बाढीपहिरोमा कतिले ज्यान गुमाउन परयो, कति भोक भौकै छन,कति जनाले आश्रयस्थल विहिन भए पनि कुनै नेता मंत्री, मेयर, मेयरसित कुनै तथ्याङ्क नभएपनि राम, कृष्णा, बुद्धको जन्मकुन्डली कठस्थ नै छ जस्तो छ । आफ्नो देशको गरीब जनता सकसपूर्ण जिवन विताइरहदा नेताहरु रामको जन्मस्थल र रामको विहे र प्रिति भोजको मिठो सम्झनामा रमाउदै छन । वाह रे तथा कथित राजनिति, देशप्रेम, जनताप्रेम र राष्ट्रियता ??? आफ्नो गरीब जनताको गरीबी, मजबुरी थाहा नहुने नेताहरुलाई राम चालिसा हुनुमान चलिसा शिव चालिसा ???
हो, जनता सकसमा हुदा कुर्सी कुर्सी खेल खेल्ने माननीय नेताजीहरुलाई रामको पालामा कुर्सी खुट्टाले हान्ने भुकण्डो भएको यथार्थ थाह छ ??? कहिले रामको खुट्टामा कहिले भरतको खुट्टामा त कहिले शत्रुहणको खुट्टामा ???
रामले आफ्नै सौतेनी आमाको आदेश होइन चहना अनुसार अयोध्याको कुर्सी मात्र होइन राज्य त्यागेर बनवास गऐ आज कुर्सीको लागि झगडाहुदै छ । बुद्ध कुर्सी मात्र होइन राज्य त्यागेर बुद्धत्व प्राप्त गरे आज बुद्ध संसारकै लागि राजा होइन भगवान हुन । तथा कचित भारतीय र नेपाली नेताहरु बुद्ध मेरो हो, मेरो हो भनेर झगडा गर्दै छन तर कुर्सी र स्वार्थ छोडन कोही तयार छैन किन ???? आज को क्रन्तीकारी नेताजीहरु ले भगवान कृष्णाबाट पनि प्रेम, सदभावक र क्रान्तिको पाठ सिक्नै पर्ने हो की ?? आफ्नै अत्याचारी, दुराचारी र तानाशाही मामा कंशको विरोध मात्र गरेनन् गरीब निरिह र पिडित जनताहरु सित मिलेर क्रान्ति मात्र होइन कंशको अत्याचार हुकुग्मी शासन सधै सधैको लागि अन्त्य गरेको इतिहास छ ।
आज राष्ट्रियाता जातपाताको कुरा गर्नेहरु राम कृष्णा, बुद्ध, बाट धेरै सिक्ने बेला हो । रामले जङ्गली जनजाती सावारीको जुठो वयर खाए । स्वार्थ, स्वाद र सेक्स भन्दा माथी उठेर सर्वसधारण जनताको चाहना अनुरुप आफ्नै श्रीमती सितालाई वनमा पठाए जुनकी हाम्रै चली थिइन । सिता रामको प्रेम आज पनि अनुकरणीय छ । बन्दणीय छ । सिताको कुनै गुनासो भएन रामप्रति आज हामी सबै गुनासो नै गुनासोमा बाचेका छौं ???
हे शिव, ।। शिवको जीवन शैली सत्कर्म आजपनि अनुकरनीय बन्दनीय छ ।आज मानव मानव बीच, नेता नेता बीच कुरा नमिल्ने अवस्था रहेको छ जवकि एउटा फक्कड, गरीब, योगी शिव सित सुकुमार राजकुमारी पार्वती महलको सुख सुविधा छोडेर त्यागरे जीवन व्यतित गरीन ।
शिवको परिवारको कल्पना मात्र भए पनि अनुकरणी छ, सर्प, मयूर, वसहा शेर, मुसा रमाइलोपुर्वक एक साथ वसेको इतिहास छ भने शिवले आफ्नै छोरा गणेशको टाउँको छेदन गरेर हात्तीको शिव जोडेर आजको सर्जरी विज्ञान लाई चुनौती दिएको महसुस हुन्छ । आज पनि हाम्रो सामु ब्रेन ट्रान्सप्लान्टको चुनौति टडाकारो रुपमा छ ।
जनताको सम्पतीमा रज्याइ गर्ने लोभी नेताहरुले बुझ्नुपर्ने यर्थाथ के हो भने शिव आफ्नो जीवनमा फक्कड योगी भए र बाँचे तर आफ्नौ राजा ससुराको सम्पत्तिमा घरज्वाई वन्न गएनन । आत्मनिष्ठा र योगी भएर बाँचे तर भोगी, लालची भएनन । सबै नेता र भ्रष्टाचारी हाकीमहरुलाई चेतना भाया । हो शिव चैतन्य, जगरुक र अनन्दमय अवस्था हो । हो, हामी सबैले शिव भने अवस्थालाई बुझनुपर्ने नै हुनछ । मनन गर्नै पर्ने नै हुन्छ सबैलाई चेतना भाया ।।। हे शिवा शिवलाई नाम भन्दा उसको योग समयोग समभोग र चैतन्य अवस्थालाई मनन गर्नै पर्ने हो की ??? हे शिव ।।।।