छैँठौ बर्षको यात्रा प्रारम्भ.

साझेदारी दैनिक
साझेदारी दैनिक 436 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

प्रकाशकीय………….
विभिन्न कालखण्ड पार गर्दै हाम्रो यात्रा छैँठौ बर्षमा प्रवेश गरेको छ । छैँठौ वार्षिर्काेत्सवको यस उपलक्ष्यमा साझेदारी राष्ट्रिय दैनिकसँग जोड्निे सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता र देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार प्रकट गर्दर्छौँ । यहाँहरुको माया,स्नेह,सद्भाव र विश्वासले नै हाम्रो अगाडीका यात्राहरु तय भएका हुन ।

करिब पाँच बर्ष अघि ठिक आजकै दिन अर्थात भदौ १९ गतेदेखी यस साझेदारी राष्ट्रिय दैनिकले आफ्नो यात्रा शुरु गरेको हो । राजनीतिक परिवर्तन पछिको हाम्रो यात्रा शुरु त्यस बेला भएको जतिखेर संविधानसभाबाट नेपालको नयाँ संविधान निर्माण पश्चात एकतर्फ दिप प्रज्वलन भईरहेको थियो भने अर्कोतर्फ तराई मधेशमा असन्तुष्टि सहित सडक तातिएका थिए । त्यस विषम परिस्थितिमा जन्मिएको साझेदारी राष्ट्रिय दैनिकले स्थापनाकालदेखि नै आफ्नो जिम्मेवारी लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै समाजमा सत्य–तथ्य सूचना सम्प्रेषण गर्न हरप्रयास गरिएको छ तर नचाहदा नचाहदै पनि हामीबाट सुसूचित गर्ने काममा केही कमी भए होलान ? आउने दिनमा थप जिम्मेवारीका साथ उत्तरदायी, जिम्मेवार र तथ्यपरक पत्रकारिता गर्ने प्रण गर्दछौ ।

यसविचमा हामीले बढ्दो संचारको प्रविधिसंगै पाठकवर्गको पँहुचलाई मध्यनजर गर्दै डिजिटलाईट समेत गरेका छौ । हामीले छापासंगै अनलाईन न्युज, फेसबुक, टुव्वीटर मार्फत पनि आम पाठकवर्गहरु पुग्ने प्रयास पनि गरेका छौँ । अझैपनि अनलाईन न्युजलाई प्रभावकारी ल्याउन नसेको हुदा अबको यात्रामा थप परिस्कृत रुपमा आउने प्रतिबद्धता गर्दछौ ।

यो तपाई र हामीविचको सहयात्रा, सहभागिता र साझेदारीता पनि हो । यो यात्रा अविरल चलिरहन्छ । यो यात्रामा पाठकवृन्द, विज्ञापनदाता तथा शुभेच्छुकहरूको सहयोग पाइरहने अपेक्षा गर्दछौं । अबका यात्रामा सुशासन, विकास र समृद्धिका लागि आफ्नो भूमिका इमान्दारीपूवर्क निर्वाह गर्ने बाचा समेत गर्दछौ ।

यतिखेर विश्वसंगै नेपाल पनि कोरोना संक्रमणको महामारीमा छ । यस महामारीका कारण हामीले चाहेर पनि आम पाठकवर्गहरुमा सहज रुपमा सूचना प्रवाह गर्न सकिएन । अखवार मार्फत पनि भाईसर सर्ने स्वास्थ्य मापदण्डले देखाएको हुदा हामीले घरघरमा पत्रिका पु¥याउन सकिरहेका छैनौ, तर हामीले निरन्तर रुपमा अनलाईन खबर, फेसबुक र टुव्वीटर मार्फत पनि आफ्नो जिम्मेवारी वहन गरिरहेका छौँ।

कोरोना महामारी र निषेधाज्ञाको अप्ठ्यारो अवस्थामा पनि आम पाठकहरूलाई सुसूचित गर्ने हाम्रो दायित्व जारी नै रहनेछ । यस महामारीबाट बच्न सरकारको निर्देशन पालना गरौँ, अनिवार्य मास्कको प्रयोग गरौँ, सामाजिक दुरी कायम गर्न पनि सवैमा आग्रह गर्दछौ ।

अन्त्यमा फेरी पनि सवै पाठकवर्ग, विज्ञापनदाता, हाम्रा कर्मचारीहरु,सम्पादक मण्डल, संवाददाता, वितरक, तथा शुभेच्छुकहरूमा आभार व्यक्त गर्न चाहन्छौ । साथै अगामी दिनका यात्राहरुमा पनि यसरी नै निरन्तरण साथ र सहयोगको अपक्षा पनि गर्दछौं । धन्यवाद

प्रकाशक/ सम्पादक
श्याबवाबु प्रसाद यादव

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review