करिब एक हजार निशुल्क सिम वितरण

साझेदारी दैनिक
666 पाठक संख्या

कलैया : बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित बरियारपुरमा लागेको पञ्चबर्षीय गढीमाई मेलामा निशुल्क सिम वितरण गरिएको छ।

नेपाल टेलिकमले मेलामा निशुल्क सिम वितरण गरेको हो।

टेलिकम द्वारा मेलामा पहिला देखि जडान ३ वटा फोरजि मोबाईल टावर तथा १८ वटा फोर जि स्मौल सेल टावर र एउटा भ्यान बिटिएस जडान गरेको छ।

जडान गरिएको उपकरणको माध्यमबाट नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवा प्रदान गरिरहेको छ।

टेलिकमले आइतबार सम्म नौ सय १६ वटा सिम कार्ड वितरण गरेको जानकारी चन्देश्वर प्रसाद यादवले दिए।

Leave a review

This will close in 0 seconds