Sajhedari Daily
Latest News from Nepal

र्सिसिया सुख्खा बन्दरगाहद्वारा ३६ अर्ब १९ करोड राजश्व संकलन

राम मण्डल/
पर्साको र्सिसिया सुख्खा बन्दरगाहद्वारा गत आर्थिक बर्षमा लक्ष्य भन्दा कम राजश्व संकलन गरेकोे छ ।
गत आर्थिक बर्ष २०७६÷७७ मा बन्दरगाहले ३६ अर्ब १९ करोड ७३ लाख ९५ हजार राजश्व संकलन गर्न सफल भएको बन्दरगाह कार्यालयका सुचना अधिकृत जगदिश कुमार पुर्बेले जानकारी गराएका छन।

भन्सार बिभागले बन्दरगाहलाई बितेको अािर्थक बर्षको लागि ४१ अर्ब ८८ करोड ५ लाख ४ हजार बराबरको राजशव सँकलन गर्न लक्ष्य दिएको थियो । तर, लकडाउनका कारण राजश्व संकलन प्रभावित हुदा लक्ष्य भन्दा कम राजश्व संकलन भएको हो ।

लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्नुको कारण बिश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई रोक्न सरकारले देश भरि गरेको लकडाउनको अवधिमा बन्दरगाहले कम राजश्व संकलन भएको बन्दरगाहले उपल्बध गराएको तथ्याँकले देखाएको छ । बन्दरगाहले गत अािर्थक बर्षको चैत महिनामा लक्ष्यको ६४ दशमलव ४७ प्रतिशत मात्र राजश्व संकलन गरेको थियो ।

यस्तै बन्दरगाहले बैशाख महिनामा बर्ष भरिमा सबै भन्दा कम राजश्व संकलन गरेको देखिएको छ ।उक्त महिनामा बन्दरगाहले लक्ष्यको ४१ दशमलव ३७ प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको थियो । यस्तै जेठ महिनामा बन्दरगाह कार्यालयले ९४ दशमलव ५१ प्रतिशत राजश्व संकलन गरेको छ ।असार महिनामा बन्दरगाहले पाएको लक्ष्यको ९१ दशमलव ५० प्रतिशत राजश्व संकलन गर्न सफल भएको हो । गत अािर्थक बर्षमा बन्दरगाहले सबै भन्दा बढी लकडाउन शुरु हुनु भन्दा अघि फागुन महिनामा बन्दरगाहले लक्ष्य भन्दा ६ दशमलव १० प्रतिशत राजशव संकलन गर्न सफल भएको थियो ।

यसैगरि बन्दरगाहले मँसिर महिनामा पनि बिभाागले दिएको लक्ष्य भन्दा पाँच दशमलव ४८ प्रतिशत राजश्व असुल गर्न सफल भएको थियो । यस्तै गत आर्थिक बर्षको पहिलो साउन महिनामा पनि लक्ष्य भन्दा शुन्य दशमलव ३६ प्रतिशत राजश्व बन्दरगाहले उठाउन सकेको थियो ।

भदौमा लक्ष्यको ८० दशमलव ५१ प्रतिशत,असोजमा ६९ दशमलव ७९ प्रतिशत,कार्तिकमा ९८ दशमलव ८१ प्रतिशत पुषमा ९० दशमलव १२ प्रतिशत र माघमा ९८ दशमलव ८१ प्रतशत राजश्व सुख्खा बन्दरगाहले असुल गरेको छ ।