रञ्जन यादव/
बाराको छातापिपरामा रहेको धागा उद्योग त्रिबेणी स्पेनिङ्ग मिल्समा आगलागि हुँदा करिब २० लाख रुपैयाको क्षती भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ स्थित उक्त उद्योगमा अचानक मेशिनको मुख्य तार सर्ट भई भएको आगलागिबाट उद्योगको केबुल तार , मेशिनको मदरबोर्ड, तयारी ५ सय किलोको धागो, अल्फा प्यानल मेशिनको डिसप्ले ,बुष्टर कन्टरम ,क्वालिटी नियन्त्रण मेशिन लगायतको समाग्री जलेर नष्ट भएको उद्योगको प्रशासकिय अधिकृत राजेश श्रेष्ठले जानकारी दिनुभयो ।
आगलागि ईलाका प्रहरी कार्यालय जीतपुर, सशस्त्र प्रहरी कार्यालय जीतपुर ,जीतपुरसिमरा उपमहानगरपालिकाको बारुण यन्त्र, पेट्रोलियम डिपो प्रादेशिक कार्यालय अम्लेखगंज बारुण यन्त्र, कलैया उपमहानगरपालिकाको बारुण यन्त्र,वीरगंज महानगरपालिकाको बारुण यन्त्र र उद्योगमा कार्यरत श्रमिकहरुको सहयोगले आगो नियन्त्रणमा लिईएको थियो ।
आईतबा राती १२ः४५ मा सुरु भएको आगलागि बिहान करिब ३ बजे नियन्त्रणमा आएको थियो । २४ सै घण्टा सञ्चालन हुने त्रिबेणी स्पेनिङ्ग मिल्समा १ हजार ५ सय मजदुर कार्यरत रहेका छन् ।