ट्राफिक प्रहरी पर्साद्धारा ३ करोड ४२ लाख राजश्व संकलन,पहिलाको वर्ष भन्दा २१ प्रतिशतले बढी

राम मण्डल
450 पाठक संख्या

आर्थिक बर्ष ०७९/८० मा ट्राफिक प्रहरी पर्साले सवारी साधनहरुको कारवाहीबाट कुल तीन करोड ४२ लाख ६५ हजार राजश्व सँकलन गर्न सफल भएको छ । गत आर्थिक बर्षमा ट्राफिक प्रहरी पर्साले भने राजश्व सँकलनमा बृद्धि गरेको छ ।

आर्थिक बर्ष ०७८/७९ को तुलनामा ं२१ प्रतिशतले बढी हो । आ.व.०७८/७९ मा भने ट्राफिक प्रहरी कार्यालय पर्साले भने २ करोड ८५ लाख २१ हजार ५ सय मात्रै राजश्व सँकलन गरेको थियो ।
यसैगरि जिल्ला भरिमा बितेको आर्थिक बर्षमा भएका ३ सय ४७ वटा सवारी दुर्घटना माध्ये ३९ जनाले ज्यान गुमाएका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दिएको तथ्याँक अनुसार यस अवधिमा भएको सवारी दुर्घटनामा परि ९२ जना गम्भिर घाईते भएका छन भने चार सय १ जना समान्य घाईते भएको ट्राफिक प्रहरी पर्साले जानकारी दिएको छ ।

आर्थिक बर्ष ०७८/७९ मा भने २ सय ६० वटा सवारी दुर्घटना पर्सामा भएकोमा त्यसमा ३८ जनाले ज्यान गुमाएका थिए भने ७२ जना गम्भिर घाईते र ३ सय ७ जना घाईते भएका थिए ।

गत आर्थिक बर्षमा सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरी कार्यालय पर्साले चार सय ४८ वटा जनचेतनामुलक कार्यक्रमहरु गरेको छ । यी कार्यक्रमहरुमा ६३ हजार २ सय ३८ जनाले सहभागिता जनाएको ट्राफिक प्रहरी पर्साले दिएको बार्षिक तथ्याँकमा उल्लेख छ ।

दुर्घटना न्युनिकरणको लागि निरन्तर रुपमा जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्दै आएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक मणिराम थापाले जानकारी दिए । जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकासँगै ग्रामीण भेगका पालिका तथा बिधालयहरुमा समेत दुर्घटना न्युनिकरण र यसबाट हुने क्षतिको बारेमा जन सहभागिता गराई जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आएको उनको भनाई छ ।

Leave a review

This will close in 0 seconds