कलैया,०३ भदौ । घर्मनगरमा टेम्पु र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
खपरताता सडकखण्डमा कलैयाबाट धर्मनगर तर्फ जादैँ गरेको ना ५४ प ४७४८ नम्बरको साईन मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना २ ह ५३७२ नम्बरको टेम्पु एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको दुर्घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर १२ धर्मनगर टोलमा बस्ने राजकुमार पटेलको छोरा अन्दाजी २४ वर्षीय रामकान्त पटेल रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार ४ जना मध्य सोही वार्ड नम्बर १२ धर्मनगर टोलमा बस्ने अन्दाजी ३५ वर्षीय बिजय साह तेलीको अनुहार,टाउको,खुट्टामा चोट,३६ वर्षीय कमलेश चौरसियाको टाउको,खुट्टामा चोट अवस्था माध्यम रहेको छ भने ४२ वर्षीय अनिल कुमार यादवको निधार,खुट्टामा चोट लागि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको प्रादेशिक अस्पताल कलैयामा उपचार भैइ रहेको जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।


