कोल्हबीमा थाकस नगर कमिटीको प्रथम अधिवेशन रामनाथ चौधरीलाई नया नेतृत्वको जिम्मेवारी

साझेदारी दैनिक
356 पाठक संख्या

धिरेन्द्र पनुहर/

थारु कल्याणकारीणी  जिल्ला कार्य समिति बाराको आयोजनामा प्रथम कोल्हबी नगर अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

कोल्हबी बजारमा रहेको कोल्हवी स्थित थारू सेवा सदनमा सम्पन्न  नगर अधिवेशनको उद्घाटन कल्याणकारणी सभाका बाराका सभापति रामप्रसाद चौधरीले गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै जिल्ला सभापति चौधरीले थारु समाजमा बिकराल रूप लिरहेको दाइजो प्रथालाई सधै सधैको लागी बन्द गर्न हामीहरूले आ आफ्नो छोरा छोरीलाई शिक्षित बनाउनु पर्ने बताएका छन ।

 उनले बाल बच्चाहरुलाई शिक्षित बनायो भने हाम्रो समाजमा रहेका बिकृति र बिसंगति अवश्य नै समाप्त हुनेमा आफु बिश्व्स्त रहेको बताए

पूर्वक्षेत्रीय  सभापति रबिन्द्र पनुहरको सभापतित्वामा अधिवेश उद्घाटन समारोहमा केन्द्रीय सल्लाहकार  कोशिला थरुनी , थारु अगुवा तपेश्वर राय थारु, जिल्ला  सचिव यादव कृष्ण चौधरी, कोषाध्यक्ष बासु प्रसाद चौधरी,जिल्ला सदस्य संजय कुमार चौधरी, जय प्रकाश चौधरी लगायतकाले सम्बोधन गर्नुभएको थियो ।

अधिवेशनमा  थारू अगुवा सुरेशबाबु चौधरी,सुमिन्त्रा देवी थरुनी,रामबाबू चौधरी ,कुंजबिहारी चौधरी ,रामसुन्दर चौधरी ,रामदयाल चौधरी,बिरेन्द्र चौधरी,उपेन्द्र चौधरी ,ओम प्रकाश चौधरी,पारस चौधरी,खुशी चौधरी  लगाएतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जयप्रकास चौधरीले गर्नु भएको थियो भने संचालन कपिलदेव पंजियारको रहेको थियो ।

यसैविच मंलगलवार नै सम्पन्न बन्द सत्रले थारु कल्याणकारीणी सभा प्रथम कोल्हवी नगर अधिवेशनबाट सर्वसहमतिले २१ सदस्यीय  नया नगरकार्य समिति चयन भएको छ ।

नया नगर कार्य समितिको सभापतिमा  रामनाथ चौधरी, उपसभापति सुरेशबाबु चौधरी, जगदेव चौधरी र महिला उपसभापतिमा  रतनमाला चौधरी, सचिव ज्ञानेन्द्र चौधरी ,कोषाध्यक्ष प्रेमनारायण चौधरी ,सहसचिव योगेन्द्र चौधरी ,सदस्यहरु  गोबिन्द्र चौधरी,रामकिशुन चौधरी,पार्वती चौधरी जितेन्द्र चौधरी ,लालबाबु चौधरी ,जचन चौधरी लगाएतका रहेका छन।

नया कार्य समितिका पदाधिकारीहरुलाई जिल्ला सचिव यादव कृष्ण चौधरीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो ।

पद तथा गोपनीयताको सपथ ग्रहण लगतै नया कार्य समितिका सभापति रामनाथ चौधरीले पत्रकारहरु संग कुरा गर्दै आफुलाई यो पदको जिम्मेबारी दिनु भएकोमा जिल्ला कार्य समिति ,गाऊ इकाई समिति एवंम सम्पूर्ण थारु अगुवाहरुलाई धन्यबाद दिदै अगामी दिनमा निस्वार्थ भावनाले यो संस्थालाई अगाडी बड़ाउन कुनै कसर बाकी नराख्ने नगर अध्यक्ष चौधरीले प्रतिबद्धता जनाएका छन ।

 

Leave a review