निजगढ ८ को वडा कार्यालयले अतिरिक्त समयमा कार्यालय संचालन गर्ने

साझेदारी दैनिक
333 पाठक संख्या

नवराज चौलागाईं/

बाराको एक नगरपालिकाको वडा कार्यालयले अतिरिक्त समयमा पनि सेवा संचालन गर्ने भएको छ ।

जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ८ नम्बर वडा कार्यालयले अतिरिक्त समयमा कार्यालय संचालन गरेर सेवा प्रवाह गरेकोछ ।

वडा कार्यालयले बुधबारदेखि नियमित कार्यालय समय बाहेकको अतिरिक्त समयमा कार्यालय संचालन गरेर सेवा प्रदान शुरु गरेको हो ।

बिहान ७ बजेदेखि ९ः३० सम्म थप अतिरिक्त समयमा वडा कार्यालयले कार्यालय सेवा संचालनमा ल्याएको हो ।

चाडपर्व मनाउन घर भित्रीने समयमा वडा कार्यालयमा समेत सेवा लिन पुग्ने सेवाग्राहीहरु बढ्न सक्ने अनुमान गरेर हामिले अतिरिक्त समय थप गरेर कार्यालय बाट सेवा प्रदान गर्ने निर्णय गरेकाहौं,वडा अध्यक्ष लामाले बताएका छन ।

कार्यालयले अतिरिक्त समयमा प्रदान गर्ने सेवा मार्फत कार्यालयमा सेवाग्राहीको चाप बढ्न नपाउने र सहज ढङ्गले जनप्रतिनिधि,कर्मचारी र सेवाग्राही बिच सेवा आदानप्रदान हुने वडा अध्यक्ष लामाको विश्वास रहेकोछ ।

कार्तिक २४ गतेसम्म बिहान ७ बजेदेखि ९ः३० सम्म अतिरिक्त समयमा कार्यालय संचालन गरेर सेवा प्रवाह गर्ने वडा अध्यक्ष स्वर्ण लामाले बताएका छन ।

Leave a review

This will close in 0 seconds