सप्तरीमा पत्रकार सौरभ यादवमाथि चक्कु प्रहार

साझेदारी दैनिक
189 पाठक संख्या

वीरगञ्ज । सप्तरीमा एकजना पत्रकारलाई अज्ञात समुहले चक्कु प्रहार गरेकोछ ।

जिल्लाको सदरमुकाम राजविराज बजारमा शुक्रवार बिहान नयाँ पत्रिका दैनिकका संवाददाता सौरभ यादवमाथि अज्ञात समुहले चक्कु प्रहार गरेको हो ।

विहान करिब १०ः४२ बजेको मोटरसाइकलमा आएका तीन जनाको समूहले गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिणी गेटअगाडि यादवमाथि चक्कु, हेलमेट र बेल्टले आक्रमण गरेको प्रत्यक्षदर्शी पत्रकार प्रवेशकुमार मिश्रले जानकारी गराएका छन ।

आक्रमणकारीहरुले पत्रकाले यादवको हात, टाउको र शरीरमा प्रहार गर्दा उनलाई गम्भीर चोट लागेको छ । आक्रमण्माबाट घाईते उनको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीले आक्रमणकारीहरुलाई लखेटेपछि आक्रमणकारी मोटरसाइकलमा चढेर फरार भएका थिए ।

पत्रकार यादवका अनुसार समाचार लेखेकै कारण उनीहरूले आक्रमण गरेको यादवको भनाइ छ । घटनाप्रति नेपाल पत्रकार महासङ्घ सप्तरी र प्रेस मञ्च सप्तरीले विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख (एसपी) गौतमकुमार केसीले आक्रमणकारीको पहिचान भइसकेको र उनीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको बताए ।

Leave a review

This will close in 0 seconds