साझेदारी वन सम्बन्धी कानुनी व्यवस्था र समूहको भूमिका विषयक अन्र्तक्रिया

रञ्जन यादव
203 पाठक संख्या

साझेदारी वन सम्बन्धी कानुनी ब्यवस्था र समूहको भूमिका बिषयक मधेश प्रदेश स्तरीय अन्र्तक्रिया बाराको पथलैयामा सम्पन्न भएको छ ।

साझेदारी बन उपभोक्ता महासंघ मधेश प्रदेशको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा मधेश प्रदेशका आँठवटै जिल्लाका साझेदारी वन उपभोक्ता समूहका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

साझेदारी वन सम्बन्धी कानुनी ब्यवस्थाको बिषयमा वन बिज्ञ भोला भट्टराईले प्रकाश पारे ।

साझेदारी वन उपभोक्ता समूहका अध्यक्षहरुले साझेदारी वनमा रहेका कानुनको बिषयमा जिज्ञासा र यसको कार्यान्वयन फितलो भएको गुनासो गरेका थिए ।

साझेदारी वन उपभोक्ता महासंघ मधेश प्रदेश अध्यक्ष गणेशजी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हलखोरिया साझेदारी वन डुमरबानाका अध्यक्ष बिकल्प भट्टराईले गरेका थिए ।

Leave a review