स्टार्टअपहरूमा न्यू भेन्चर्सले एक सय मिलियन डलरसम्म लगानी गर्ने

साझेदारी दैनिक
181 पाठक संख्या

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले आशाजनक स्टार्टअपहरूमा एक सय मिलियन डलरसम्म लगानी गर्ने लक्ष्य लिएको छ ।

उसले नयाँ उद्यम तथा एम एण्ड ए आर्मको सुरुवात गर्ने घोषणा गरेको एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

न्यू भेन्चर्सको भाईस प्रेजिडेन्टको रूपमा इनड्राइभमा सामेल भएका अनुभवी उद्यमी र लगानी व्यवसायी एन्ड्रिज स्मिथको नेतृत्वमा यो लगानी हुने भएको हो ।

न्यू भेन्चर्सको लगानी तिव्र वृद्धि र सकरात्मक सामुदायिक प्रभावमा केन्द्रित रहनेछ । त्यस्तो मिशन जसले अन्यायलाई चुनौती दिन्छ र व्यक्ति एवम् समुदायको जीवनमा सुधार गर्दछ, त्यस्तोमा लगानी गरिने भएको हो ।

विश्वव्यापी विस्तारको सम्भावना भएका स्थानीय स्टार्टअपहरू
तथा पोस्ट–सीड÷प्रि–सिरिज ए कम्पनीहरू– प्रमाणित उत्पादनबजार फिट भएका,द्रुत अर्गानिक वृद्धि तथा हेल्दी इकोनोमिक्स एन्ड क्यास फ्लो भएकालाई लगानीले समेटने छ ।

इनड्राइभको न्यू भेन्चर्स भाईस प्रेजिडेन्ट एन्ड्रिज स्मिथले कुनै समयको अन्डर डग र अहिलेको विश्वव्यापी कम्पनी—इनड्राइभ पक्कै पनि उदीयमान लगानीकर्ता भएको जनाए ।

जसले अन्यायलाई चुनौतीदिने आफ्नो मिशनमा प्रतिबद्ध रहँदै द्रुत रुपमा विश्वव्यापी वृद्धि आफ्नो कम्पनीले हासिल गरिरहेको जनाए । उनले मानिसहरूको जीवनमा सुधार गर्ने किसिमका आविष्कारहरु गर्ने उदीयमान कम्पनीहरूमा लगानी गर्दै इनड्राइभले सफल तर बेवास्ता गरिएका स्टार्टअपहरूलाई मद्दत गरेर अन्यायलाई चुनौतीदिने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउने लक्ष्य लिएको जनाए ।

उदीयमान बजारहरूमा आफ्नो उपस्थिति र द्रुत बृद्धिको फाइदा उठाउँदै इनड्राइभले विकसित देशहरूको तुलनामा पूँजी बजारमा न्यूनपहुँच भएका कम्पनीहरुमा लगानी गर्न खोजेको उनले प्रष्ट पारे ।

उज्ज्वल भविष्यको लागि योगदान दिँदै आफ्नो व्यवसायलाई वृद्धि गराउन चाहने अन्य नयाँ स्टार्टअपहरुलाई सक्षम बनाउने इन्ड्राइभको लक्ष्य हासिल गर्नको लागि आफ्नै उद्यम निर्माण र लगानी अनुभवलाई प्रयोग गर्न पाउँदा आफु उत्साहित रहेको उनले जनाए ।

इनड्राइभको यो न्यू भेन्चर्स युनिट आफ्नो लगानी रहेको या आपूmले अधिग्रहण गरेको कम्पनीहरुलाई इनड्राइभको प्लेटफर्म मार्फत तिब्रगतिमा बढाउन केन्द्रित रहेको उनले जनाए ।

यी कम्पनीहरूले ४५ भन्दा धेरै बजारहरूमा विश्वव्यापी मल्टि–मिलियन कस्ट्युमर बेस,कम्पनीको गो–टू–मार्केट जानकारी र प्रविधिको उपयोग गरेर बजारमा आफ्नो बलियो उपस्थिति बनाउन यी कम्पनीहरु सक्षम हुने उनले विश्वास व्यक्त गरे ।

एन्ड्रिजले स्टार्टअप र कर्पोरेट संगठनहरूमा मुख्य रणनीतिक भूमिका निभाएको छ ।

जसमा मोर्गन स्टेनली र एभिभा लगायत प्रमुख कर्पोरेटहरूमा व्यावसायिक रूपान्तरण,एक्विजिसन र एकीकरण गरेको अनुभव रहेको छ। युरोप,मध्यपूर्व र एशिया–प्रशान्तको मुख्य रणनीतिक विकास साझेदार र स्वतन्त्रकर्पोरेट उद्यमनिर्माणकर्ता स्ट्राइबरको साझेदारको रूपमा सफल उद्यमहरू पनि स्मिथले निर्माण गरेका छन् ।

इना ड्राइभका प्रेजिडेन्ट मार्क लक्रिनले न्यू भेन्चर्सको मुख्य मिसन भनेको परम्परागत इनोभेसन हबहरूभन्दा बाहिरका र बेवास्ता गरिएका तर उच्च वृद्धिको सम्भावना भएका स्टार्टअपहरू पहिचान गर्नु रहेको जनाए ।

उनले तिनीहरूको सकारात्मक प्रभाव बढाउनको लागि तिनीहरूको विस्तारमा सहयोग गर्नु रहेको जनाए । एन्ड्रिजसँग कर्पोरेट र उद्यम निर्माण अनुभवको एक अद्वितीय मिश्रण रहेको जनाउदै उनले न्यू भेन्चर्सको नेतृत्व गर्न आपूm योग्य र सक्षम रहेको जनाए ।
ऊर्जा र अनुभवले हामीलाई हाम्रो लगानी लक्ष्यहरू हासिल गर्न मद्दत गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”उनको कथन छ ।

Leave a review