कृषि विद्युत् महशुल बुझाए नगर प्रमुख सिंहले

साझेदारी दैनिक
293 पाठक संख्या

पचरौता : नूर आलम बादशाह / पचरौता नगरपालिकाले आफ्नो किसानको कृषि विद्युत् महशुल विद्युत प्राधिकरणलाई शुक्रबार बुझाएको छ।

नगर प्रमुख जलन्धर सिंहको कार्यकक्षमा नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ़ वितरण केन्द्रका प्रमुख तैयब अंसारीलाई मेयर सिंहले महसुल हस्तान्तरण गरेका हुन्। उनले ४७ लाख ६४ हजार ६ सय २० रुपैयाँको चेक हस्तान्तान्तरण गरेका हुन्।

पचरौता नगरपालिको समृद्धि विकासका लागि कृषि क्षेत्रलाई अघि बढाउने नीति रहेको छ। ग्रामीण क्षेत्रको सन्तुलित विकास गर्नका लागि चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न बाँकी रहेको विद्युत महसुलको रकम बुझाएको नगरप्रमुख सिंहले जानकारी दिए। आउने वर्षमा कृषिलाई आधुनिकीकरण गर्न आवश्यक उपकरण र बजारीकरणका लागि नगरपालिकाले गृहकार्य गरिरहेको उनले जानकारी दिए।

चेक हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त जोशीको विशेष उपस्थिति थियो।

उक्त कार्यक्रममा पालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादव,शिक्षा सहायक मुकेश कुमार सिंह स्थानीय समाजसेवी प्रभु ठाकुर लगायतको उपस्थिति रहेको थियो।

Leave a review