नगर स्तरीय बक्तृत्वकला प्रतियोगितामा एभरग्रिनकी साह भईन प्रथम

रञ्जन यादव
360 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाको रजघट्टामा नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा एभरग्रिन ईङ्गलीस बोडिङ्ग स्कुल जीतपुरका छात्रा समृद्धि साह प्रथम हुनुभएकी छिन । बिज्ञान तथा प्रबिधिः बिकास र उत्पादन बृद्धि भन्ने मुल नाराको साथ १२ औँ राष्ट्रिय बिज्ञान दिवसको अवसरमा भएको प्रतियोगितामा २२ वटा बिद्यालयको ४४ वटा बिद्यार्थीको सहभागीता रहेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना र श्री जनता मा.बि.रजघट्टाको सहकार्यमा भएको प्रतियोगितमा दोस्रो स्थान नेरामा.बि. सिमराका बिद्यार्थी मनिष पाठक भएका छन् ।

त्यस्तै प्रोग्रेस एजेकेसन एकेड्मी डुमरबानाका जिया सापकोटा तृतीय स्थान प्राप्त गर्नुभएको छ । प्रथम हुने बिद्यार्थीले नगद रु.७ हजार,दोस्रो हुनेले रु.५ हजार र तृतीय हुनेले रु ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेको जनता मा.बि.रजघट्टाका शिक्षक सुनिल भट्टले जानकारी दिए ।

प्रतियोगितमा सहभागिता जनाउँने सम्पुर्ण बिद्यालयका बिद्यार्थीहरुलाई सहभागीताको प्रमाणपत्र बितरण गरिएको थियो । जनता मा.बि.रजघट्टाको प्राङ्गनमा आयोजना गरिएको प्रतियोगितामा बिजयी लगायत सहभागीता जनाएका बिद्यार्थीहरुलाई प्रमाणपत्र जीतपुरसिमरा उपमहानगरपालिकाको युवा,खेलकुद तथा शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद र प्रतियोगितामा सहकार्य गरेका बिद्यालयका प्रधानध्यापक राजु प्रसाद अधिकारीले बितरण गरेका थिए ।

प्रतियोगिताको निर्णायकको भुमिकामा जनता मा.बि.रजघट्टाका नेपाली बिषयका शिक्षक लक्ष्मी सुबेदी,ने.रा.मा.बि.हरपुरका प्रधानध्यापक तथा बिज्ञान बिषयका शिक्षक प्रदिप कुमार गुप्ता र श्री ने.रा.मा.बि.रघुनाथपुरका प्रधानध्यापक तथा बिज्ञान बिषयका शिक्षक सुरेन्द्र प्रसाद चौरसिया रहनुभएको थियो ।

जनता मा.बि. रजघट्टाका शिक्षक तथा अभिभावक संघका संयोजक रुद्र प्रसाद न्यौपानेको रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक भवन खड्काले गर्नुभएको थियो ।

प्रतियोगितामा उपमहानगरभित्र सञ्चालित कक्षा १२ सम्मका सामुदायिक तथा संस्थागत बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a review