औषधि तथा खुद्रा सामान लोड रहेको ट्रक प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
256 पाठक संख्या

बिल बिजक भन्दा बढी औषधि तथा खुद्रा सामान लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डबाट ट्रकलाई नियन्त्रणमा लिएको हो । ना.२ ख ९३५७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी सामान रहेको तथा सो विल बिजक शंकास्पद देखिएकोले ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।४५ लाख ९६ हजार १०४ रुपैया बराबरको औषधि तथा खुद्रा सामान लोड रहेको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा शुक्रबार बुझाइएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ध्रुव श्रेष्ठले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds