महम्मदपुर स्वास्थ्य चौकी शिवनगरमा निःशुल्क परिवार नियोजन शिवीर

साझेदारी दैनिक
269 पाठक संख्या

करण कुमार मिश्र /

परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यले रौतहटको विभिन्न स्थानीय तहमा निःशुल्क ‘परिवार नियोजन शिविर’शुरु भएको छ ।

स्वास्थ्य कार्यालय गौर रौतहटको आयोजना तथा सुनौलो परिवार नेपालको सहयोगमा सो शिवीर शुरु भएको हो ।

जिल्लाको गरुडा नगरपालिका–५ महम्मदपुर स्वास्थ्य चौकी शिवनगरमा परिवार नियोजन तथा स्थाई बन्ध्याकरण तीन दिने शिविर शुरु भएको हो।

सो शिविरको शनिबार एक समारोहका बिच नगर प्रमुख कन्थमनी प्रसाद जयवसालले उद्घाटन गरेका छन् ।

उक्त शिवीर पुस ७ गते शनिबारदेखि सोमबार साझ सम्म महम्मदपुर स्वास्थ्य चौकी शिवनगरमा संचालन रहने गरुडा नपाका स्वास्थ्य संयोजक प्रवीण झाले साझेदारी दैनिकलाई जानकारी दिएका छन। नगर भरिका करीब १ सय ५० जनाले सो सेवा लिन पाउने जनाएको छ।

काठमाडौंका विशेषज्ञहरुले लगातार तीन दिनसम्म सो शिविर मार्फत सेवा दिने संयोजक झाले बताए ।

मङ्सिर २५ गतेदेखि सुरु भएको शिविर जिल्लाका छ स्थानीय तहका विभिन्न स्वास्थ्य चौकीमा सञ्चालन हुने स्वास्थ्य कार्यालय रौतहटका सूचना अधिकारी अनिल कुमार कर्णले साझेदारी दैनिकलाई जानकारी दिए।

ग्रामीण क्षेत्रका नागरिकलाई उनीहरुकै घर नजिकै सेवा दिने उदेश्यले शिविर सञ्चालन गरिएको हो ।

Leave a review

This will close in 0 seconds