बारा प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।
प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको प्रहरीले लागू औषध मुद्दामा अदालतबाट २ बर्ष १० महिना ४ दिन कैद पाएका जिल्लाको सिम्रौनगढ नगरपालिका– १ बैरिया बस्ने अन्दाजी ४० वर्षीय बटखरी राय यादबलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीले लुटपिट मुद्दामा अदालतबाट ९ सय ६२ रुपैयाँ ५० पैसा जरिवाना पाएका पचरौता नगरपालिका ७ बेनौली बस्ने अन्दाजी ६० वर्षीय लाल बहादुर मुखियाबिनलाई पनि पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले नागरिकता मुद्दामा अदालतबाट ५ सय रुपैयाँ जरिवाना पाएका महागढीमाई नगरपालिका– ८ बस्ने अन्दाजी ५५ वर्षकी कंचन महारालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी फतेपुरबाट खटिएको प्रहरीले जालसाजी मुद्दामा अदालतबाट २ सय रुपैयाँ जरिवाना पाएका जितपुरसिमरा उपमहानगरपालिका १३ बस्ने अन्दाजी ४५ वर्षीय सुरज राउत अहिरलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय अम्लेखगन्जबाट खटिएको प्रहरीले कुटपिट मुद्दामा अदालतबाट १ सय २५ रुपैयाँ जरिवाना पाएका जितपुरसिमरा उपमहानगरपालिका –२१ बस्ने अन्दाजी ५५ वर्षीय अबधकिशोर रौनियार भन्ने अबधकिशोर गुप्ता र सोही ठाउँमा बस्ने अन्दाजी ५३ वर्षकी बच्चु देबी रौनियार भन्ने बच्चि देवी गुप्तालाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।
बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

