जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

साझेदारी दैनिक
333 पाठक संख्या

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक पार्टी कार्यालय बालकुमारीमा उसले सो बैठक बोलाएको हो । पुस १० गते बिहान १० बजेका लागि बोलाइएको छ ।
पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न सो बैठक बस्न लागेको हो ।

आगामी पुस २५ गतेदेखि काठमाण्डौमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारीको समेत सो बैठकमा छलफल हुनेछ ।

यस्तै पार्टीका केन्द्रीय समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँट लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

जसपाले आफ्ना सदस्यहरुलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल समेत गठन गरेको छ ।

Leave a review

This will close in 0 seconds